काठमाडौँ । आज नेवा: समुदायले मनाउने गथा मुग: ( घण्टाकर्ण ) पर्वलाई सिद्दि तथा कुविध्या सिक्ने बर्ष भरिकै सबै भन्दा उत्तम दिनको रुपमा लिने गर्दछ । मध्ये रातमा शक्ति पिठहरुमा , समसानमा गइ एस्तो साधना गर्ने प्रचलन रहेको पुराना पुस्ताले बताउने गर्दछन् । यद्यपि अहिले यस्तो प्रथा रहेको पाईन्न . यस्ता कुबिध्या ,भुत प्रेतको कुप्रभाब नपर्नको लागि येस दिन पलम ,पित्तल ,तामा सहित धातुको औठी धारण गर्नु पर्ने जनबिस्वास रहेको छ ।
आजकै दिन चौबाटोमा नर्कको त्रिपद ठड्याईएको सम्बर भैरबको प्रतीकमा लुगाका कपडाका तुकदा बाट बनाइएका पुतली बनाएर भूतको प्रभाव र रोग ब्याधिबात मुक्त हुनको लागि बाधी झुन्द्याइञ्छ भने साँझा घर ठेगाना नभएका ब्येक्तिलाई भूतको प्रतिक मानि ” ऒम शान्ति जयेनेपल आजु दे हा ” भन्दै दिनभर थद्याइयेको नर्कटको त्रिपदमाथि राखी तान्दै घरको दुस्ट आत्मा , पन्छाउने भन्दै खोला ,दोभानमा लागि सेलाउने गर्दछ ।
उपत्यका भित्रका पुराना सहरहरुमा मानिने मौलिक पर्वहरु समयको परिवर्तन संगै यस्ता पर्वहरु बिस्तारै हट्दै गएको हुदा गथा मुग: पर्व पनि कतिपय स्थानमा हट्दै गएको पाइन्छ ।