बेचन झा पक्रिन जो गयो
उसको आज सरुवा भयो
सरकारले चाल्ने अर्को कदम जुन छ !
अब, पक्रिन आदेश दिनेलाई थुन्छ !
दुःखको दिन गयो अब !
दुईतिहाईको स्वर्णयुग सुरु भयो अब !
स्वर्णयुग सुरु नभई
शरणार्थी उद्योग नाफामा कसरी चल्छ ? !
गिरीबन्धु चियाको बोटमा सुनका पत्ती कसरी फल्छ ?
अब–
खान नपाएर भोकै मर्दैन कोही !
साउदी, कतार मलेसिया जानु पर्दैन कोही !
हिजोको ‘एक घर एक रोजगारी’ जुन छ,
त्यो पर्दैन
अब– ‘रोजीछाडी रोजगारी’ हुन्छ !
काम नगरी खान मन लागे
शरणार्थी शिविरमा भर्ती भए भैगो !
काम गरी खान मन लागे
गिरीबन्धु चिया बगानमा सुनको पत्ती टिप्न गए भैगो !!