आज :

कांग्रेस–एमाले समीकरण भूटानी–गिरीबन्धुसहितका भ्रष्टाचार प्रकरण छोप्ने होः चित्रबहादुर केसी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन् । उनले यस्तो सहमति जनतालाई मान्य नहुने बताए ।

आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै उनले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भनेर प्रश्न गरेका हुन् ।

उनले भने, ‘दुई ठूला पार्टीबीच भएको समझदारी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउने सम्झौता हो भने त्यो जनतालाई मान्य हुँदैन । संसद्मा स्पष्टीकरण दिँदैमा केही हुँदैन । जनताले हिसाबकिताब मज्जाले राख्छन् ।’ उनले सुरुमै ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो ? किन यहाँसम्म आएर फेरि सत्ता परिवर्तन ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal