काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले राजनीति नेतृत्वले भाषण गरेर मात्र वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान नहुने बताएका छन् ।
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औँ वार्षिक साधारण सभामा उनले यो समस्या समाधान गर्नको लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै मिलेर नै अगाडि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘विदेश जानुपर्ने एक पटकको बाध्यता भएपनि फेरि जान नपरोस् । त्यसका लागि अब केही सुरुवात गर्नुपर्छ । एक पटक गएर फर्किएका मानिसमा यो देशमा केही हुदैँन् भन्ने सोचेर विदेश फर्किनु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने तर्फ नीजि क्षेत्रको मानिस लागेन भने केही हुदैँन् । राजनीति नेतृत्वले भाषण गरेर अथवा केही कर्मचारीहरुको आफ्नो प्रयासले मात्र यो सम्भव छैन् ।


अनलाइन डबली


