आज :

कैलालीको सहिद बस्तीमा पुगेर मन्त्री शर्माले भनिन्– सहिद देशका साझा सम्पत्ति हुन्

  • अनलाइन डबली

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताएकी छन् ।

जनयुकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भएपनि सहिद भइसकेपछि देश र जनताको साझा सम्पत्ति भइसकेको बताइन् । नेपाल सरकारले सहिदको रुपमा स्वीकार र सम्मान गरिसकेका व्यक्तिहरु अब कुनै पक्ष वा दलको नभई देशकै सहिद भएको समेत बताइन् ।

सरकारले राणा शासनदेखि राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको आन्दोलन तथा देशमा चलेका अन्य सबै मुक्ति आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई सहिदको रुपमा सम्मान गरिसकेकाले उनीहरु सबै देशका साझा सहिद भएको बताइन् ।

विभिन्न आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई बेलाबेलामा सरकारले सहिद घोषणा गरे पनि राजपत्रमा नामावली प्रकाशन नगर्दा सहिदको सम्मान दिन समस्या भएकाले गत वर्ष मात्रै सरकारले सम्पूर्ण सदिहरुको नामावली राजपत्रमा प्रकाशन गरेकाले बताउँदै मन्त्री शर्माले अब कुनै समस्या नरहेको बताइन् ।

सहिद देशका साझा सम्पत्ति भएकाले सहिद परिवारसँग सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने र भौतिक तथा मानवीय विकासका सवालमा पनि सहिद वस्तीहरुलाई नमूनाको रुपमा विकास गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिइन् ।

सहिदकै बलिदानका कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै मन्त्री शर्माले सदियौंदेखि उत्पीडनमा पारिएका भूइँमान्छेहरु राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको बताइन् । “हिजो लैंगिक रुपमा अपहेलित महिलाहरु, जातीय रुपमा दबाइएका दलित, जननजातिहरु, कर्णालीबासी, मधेशी लगायत उत्पीडित समुदायबाट हामी वडादेखि संघीय सदन र सरकारसम्म जसरी राज्य सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेका छौं, यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल होे” मन्त्री शर्माले भनिन् ।

त्यस्तै मन्त्री शर्माले धनगढीकै बेलीमा कार्यकर्ता भेटघाट गर्दै नेता, कार्यकर्ता र जनताको सम्बन्ध नङ मासुको जस्तै हुनुपर्ने बताइन् ।

नेकपा माओवादीका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले कम्युनिष्ट पार्टीको मुख्य चरित्र साझापन र समान व्यवहार भएकाले नेता, कार्यकर्ता र जनताको सम्बन्धमा ध्यान दिनुपर्ने बताइन् । जिम्मेवारीका कारण कोही नेता, कोही कार्यकर्ता र कोही जनता भए पनि समाजमा सबैको समान हैसियत भएकाले नेताले दिने र कार्यकर्ता वा जनताले लिनेभन्दा पनि सबै मिलेर समस्या समाधान गर्ने कम्युनिष्ट शैली अपनाएर मात्रै अघि बढ्न सकिने शर्माले बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal