आज :

स्थानीय स्रोत र जनशक्तिको सदुपयोगबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने प्रयाप्त आधार छ : मुख्यमन्त्री भट्ट

  • अनलाइन डबली

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै आर्थिक उपार्जन तथा रोजगारी सिर्जना गर्नु प्रदेश सरकारको नीति र प्राथमिकता रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित विकास साझेदार संघसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले विकास निर्माणको स्पष्ट लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोणमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

उद्यमशीलता र नवप्रवर्तनका कार्यक्रममार्फत आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई प्रभावकारी र सफलतापूर्वक कार्यान्वयन गर्न विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

अर्थतन्त्रको सबलीकरण आजको आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न, विपद्बबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न र स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश सरकार विकास साझेदार निकाय, गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) सँग सहजकर्ता, साझेदार र संरक्षकका रूपमा सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सरकार, निजी क्षेत्र तथा विकास साझेदार सबैको सहकार्य र योगदान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण प्रकाश भट्ट, सदस्य हिरा चन्दसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal