आज :

इयु चुनावमा आफ्नो पार्टीले हारेपछि फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग

  • अनलाइन डबली

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । युरोपियन युनिएनको चुनावमा आफ्नो पार्टी नेतृत्वको गठबन्धनले नराम्रोसँग पराजित भएपछि म्याक्रोनले संसद विघटन गरेका हुन् ।

इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली (आरएन) ले ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मतमै सिमित भएको छ ।
चुनावमा सोँचेजस्तो परिणाम नआएका कारण राष्ट्रपति म्याकेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका छन् ।

म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै, म्याक्रोनले इयु चुनावमा राष्ट्रिय र्‍याली लगायत अति दक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए ।

“दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन् । म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन । त्यसैले मैले तपाईलाई विकल्प दिने निर्णय गरेको छु । म आज राति नेशनल एसेम्बली विघटन गर्छु । यस क्रममा उनले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गरे” म्याक्रोनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal