आज :

टोखा चण्डेश्वरी मन्दिरमा जेठ १४ गते विश्वकै पहिलो मूर्ति सार्वजनिक हुँदै

  • अनलाइन डबली

काठमाडौं । उर्वर भूमि नेपालले सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति यहि १४ गते काठमाडौंको टोखा नगरपालिका २ स्थिति चण्डेश्वरी मन्दिरमा सार्वजनिक गर्न लागेको हो । शनिबार राजधानीको संवाद डबलीमा उर्वर भूमि नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो मूर्ति विश्वमा नै पहिलो हुने दाबि गरेको छ ।


सो संस्थाका अध्यक्ष गंगालाल श्रेष्ठले नेपाल र नेपाली आफ्नो मौलिक धर्म र संस्कृतिलाई त्यागेर पापतिर उन्मुख भएकोले उचित बाटोमा ल्याउन यस्तो कार्यको सुरुवात गरेको बताए । अध्यक्ष श्रेष्ठले मूर्ति सार्वजनि गर्न लागेको स्थान पौणाकि कालमा दक्ष प्रजापतिको दरबार रहेको र उक्त ठाउँमा उनले बृहस्पति महायज्ञ गरेको समयमा सोही यज्ञ कुण्डमा सतिदेविले हामफाली प्राण त्याग गरेको दाबी गरेका छन् ।

टोखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोलले उर्वर भूमि नेपालले संस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन गर्न लागेकोमा खुसि व्यक्त गर्दै भने,“नेपालको धर्म तथा संस्कृति विश्वमा नै पूरानो भएको कुरालाई यस कार्यले परिचित गर्न सघाउने छ, यसका लागि तपाईहरुलाई धन्यबाद,हाम्रो साथ रहने छ ।” सो कर्यक्रमका प्रमुख अतिथि समेत रहेका डंगोलले यस्तो कार्यले चण्डेश्वरी मन्दिर विश्व सम्पदामा सूचिकृत गर्न सघाउने विश्वास रहेको बताए ।

टोखा संस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले उर्वर भूमि नेपालले सतिदेविले प्राण त्याग गरेको ऐतिहासिक स्थानलाई महत्व दिएकोमा धन्यबाद दिए ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द मान्डब्येले नेपालका राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुले मौलिक धर्म तथा संस्कृतिलाई कौडीको भाउमा बेचेको आरोप लगाए । पछिल्लो समयमा नेपाली सनातन धर्म संकृतिको विरुद्धमा देशि विदेशी शक्तिहरुले चलखेल गर्नु दुःखत भएको पनि बतए ।

विश्व हिन्दु युवा संघ अध्यक्ष ऋषिकेश जंग शाहले नेपाललाई धर्म निरपेक्ष बनाएर ठूलो भूल भएको बताउँदै भने,“आफ्नो धर्म संस्कृतिमाथि कुठाराघात गर्नेहरुलाई आम नेपालीले बहिस्कार गर्न जरुरी छ ।” विश्व हिन्दु महासंघ कर्णाली प्रदेश सदस्यसमेत रहेका शाहले नेपालमा हत्या हिंसा,राजनीतिक तिगडमको खेलले देश ध्वस्त भएको भन्दै त्यसको अन्तयको लागि सबै राष्ट्रवादी एकजुट हुन आह्वान गरे ।

चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष धुर्बराज जोशीले चण्डेश्वरीको इतिहास तथा महिमालाई जीवन्त राख्न उर्वर भूमि नेपालको भूमिकामा सहमति जनाउँदै सो कार्यमा सघाउने प्रतिबद्धता जनाए ।

ज्योतिष आध्यात्मि पत्रकार कृष्ण प्रसाद अधिकारीले स्वस्तिक बाचन गर्दै सो अभियान सफलताको शुभकामना दिए ।

उर्वर भूमि नेपालका सचिव धर्मराज उपाध्यायले आफूहरुले मूर्ति सार्बजनिक मात्रै नभएर देशमा दीर्घकालिन शान्ति स्थापना गर्नका लागि १ सय ८ महायज्ञ ७७ वटै जिल्लामा गर्ने बताए । सो माध्ये २०८० माघ ११ गते कभ्रेको मण्डन देउपुरमा सम्पन्न गरिएको र २०८१ जेठ १९ गते काठमाडौंको नाराहिटी राजदरबारको नारायणी मन्दिरमा गर्ने तयारी भएको बताए ।

आयोजकले यहि जेठ १४ गते टोखा नगरपालिकाको वाड न.२ स्थित चण्डेश्वरी मान्दिरमा सतिदेवीको मृत शरिर बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति सार्बजनिक गर्ने बताएको छ ।

मूर्ति सार्वजनिक, रथ यात्रा र महायज्ञ हुने मिति, स्थान र समयः

१)मितिः २०८१ साल जेष्ठ १४ गते विहान ९ बजे काठमाण्डौको टोखा न.पा. वडा नं. २ चण्डेश्वरी मन्दिरको प्राङ्गणबाट सतीदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्नलागेको मुर्ति सार्वजानिक गरीने ।

२) १४ देखि १७ गते बिहान ८ः३० बजेसम्म हवन, मुर्ती पुजन, मन्तब्य, सम्मान पत्र बितरण, भजन कृतन जस्ता कार्यक्रमहरु हुने ।ब
३) १७ गते बिहान ९ः०० बजे उक्त मुर्तीलाई लिएर यात्रा अगाडि बढाईने, बुढानिलकण्ठ, नारायणस्थान, गणेश चोक, हात्तिगौंडा, गल्फुटार, न्यूरोहस्पिटल, गंगालाल हस्पिटल, नारायणगोपाल चोक चक्रपथ, चण्डोल चप्पल कारखाना, धुमबारही हाँडी गाउँ हुँदै १७ गते बेलुका का.म.न.पा. वडा नं. ५ हाँडिगाउँको भूतेश्वर कृष्ण मन्दिरमा बासबस्ने ।

४) १८ गते बिहान ९ः०० बजे यात्रा अगाडि बढाईने १८ गते बेलुका का.म.न.पा. वडा नं. १ नारायणहिटी दरवार स्थित रहेको नारायण मन्दिरको प्राङ्गणमा मुर्ती राखिने, १८ गते कलश सिंगार्ने कार्य गरीने ।

५) १९ गते बिहान १०ः०० बजे हिटीबाट कलश भरेर भगवती बहाल, कमलपोखरी, डिल्लीबजारको कालीकास्थान, शंकरदेव क्याम्पस, भृकुटीमण्डप,भद्रकाली मन्दिर,महांकाल मन्दिर, रत्नपार्क, रानीपोखरी,जम्मल, निर्वाचन आयोग,नारायणहिटी दरवारको संग्राहलय परिक्रमा गरेर चतृव्युह नारायण मन्दिरको प्राङ्गणमा निमार्ण गरीईएको यज्ञ मण्डपमा कलश थपना गर्ने ।
६) १९ गते दिनको ३ः०० बजे देशमा दिगो शान्तिको स्थापना, विश्व शान्तिको कामना गर्दै जोडि परेवा उडाएर प्रमुख अतिथिको हातबाट ३ फिटको उचाईमा निर्माण गरीईएको विश्वलाई शान्तिको ज्ञान दिन लागेको बुद्धको मुर्ती सार्वजानिक गरी, महायज्ञको समुद्घाटन गरीने ।

७)२० गते देखि २६ गते सम्म सप्ताह कथा वाचन , हवन, भजनकृतन अन्य प्रमुख अतिथि, विषेश अतिथि, अतिथि, उपस्थित बिभिन्न साधु सन्त लगाएत उपस्थित श्रद्धालु भक्तजनहरु लाई सम्मान गरीने,

८) २७ गते तिर्लापण,पुर्णावती गरीने ।
९) २८ गते बुद्ध ज्ञान प्राप्त गुरुहरु द्धारा सामुहिक रुपमा शन्तिको पाठ पुजा र प्रवचन गरीने ।

१०) २९ गते नारायणहिटी नारायण स्थानबाट उक्त सतीदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्नलागेको मुर्ति र बुद्धको मुर्तीलाई लिएर यात्रा अगाडि बढाई गुह्रेश्वरी मन्दिरमा पुग्ने कार्यक्रम रहेको समेत जानकारी गर्दछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal