आज :

नीति तथा कार्यक्रमः पर्वतीय पर्यटन विकास गर्न ग्रेट हिमालयन ट्रेल योजना

  • अनलाइन डबली

काठमाडौं । सरकारले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई विकास गर्न ‘ग्रेट हिमालयन ट्रेल’ पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ ।

मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पर्यटन क्षेत्रका कार्यक्रमको पुर्नसंरचना गरिने बताए ।

उनले पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण कार्यलाई सरकारले तीव्रता दिने उल्लेख गर्दै भने, ‘पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुनेगरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ । ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइनेछ ।’

यस्तै सरकारको नीति कार्यक्रममा पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्धन गरिने उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal