आज :

पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई

  • अनलाइन डबली

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राती सिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले गोलमा परिणत हुन दिएनन् । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे ।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सिमीत बनेको थियो । उत्सव राई ८४ औं मिनेटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनेटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसका उज्वल राई र बीरगञ्ज युनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरुले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे ।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफि सहित १५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफि आयोजक टिमलेनै प्राप्त ग¥यो ।

मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभीएस स्कुटर प्राप्त गरे ।

नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त

समापन समारोहमा पुर्वमन्त्री एवं संघीय सांसद कृष्णकुमार श्रेष्ठ, महानायक राजेश हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद पटेल, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली सेनाका सहायक रथी राजेन्द्रमणी गिरी, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, जगदम्बा स्टिलका कृष्णदत भट्ट, नेपाभिट टायल्सका विभा झा लगायतले विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तो छ, जीतपुरसिमरा गोल्डकपको हाल सम्मका विजेता टोली

२०८० – नेपाल पुलिस क्लब

२०७९– चर्च ब्वाईज युनाईटेड

२०७८ – न्युरोड टिम एनआरटी

२०७७ – संकटा क्लब

२०७५ – थ्रीस्टार क्लब

२०७४ – त्रिभुवन आर्मी

२०७३ – संकटा क्लब

२०७२ – विजय युथ क्लब हेटौंडा

२०७१ – त्रिभुवन आर्मी क्लब

२०७० – नव जनजागृति युवा क्लब सिमरा

२०६९ – मनाङ मस्र्याङदी क्लब

२०६८ – मनाङ मस्र्याङदी क्लब

२०६७ – हिमालयन शेर्पा क्लब

२०६६ – मजदुर सहिद स्मृति क्लब

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal