आज :

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार खोज्ला त अतिक्रमण जग्गा ? दायित्व सरकारको काँधमा

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले काठमाडौंको ठमेलस्थित कमलपोखरी (छाया सेन्टर) अतिक्रमण जग्गा सम्बन्धमा विस्तृत विवरण खोजी गर्ने दायित्व सरकारको काँधमा आएको छ।

सर्वोच्चले एक महिनाको समय दिएर उत्प्रेषण आदेश जारी गरेपछि कमलपोखरी अतिक्रमण भएको विस्तृत विवरण संकलन गर्ने र त्यसको सत्यतथ्य बुझाउने दायित्व सरकारको काँधमा आएको हो।

सर्वोच्चले साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी र पोखरीको डिलको जग्गाको साविक लगतअनुसारको सम्पूर्ण विवरण र मिसिल झिकाउन आदेश दिएको थियो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भूमि, व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय, गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोतको कार्यालयबाट त्यसको विवरण झिकाउन आदेश दिएको थियो।

आदेशमा छाया सेन्टरले ओगटेको जग्गा मात्र नभई त्यस वरपर रहेका जे जति जग्गा मासिएका छन् त्यसको समेत वि.सं १९६५ को साविक लगतअनुसारको विवरण र मिसिल झिकाउन भनिएको छ।

आदेशमा ‘१८३ कित्ता नम्बरको श्री सिंहसार्थबाहु गरुण भगवानको नाममा रहेका २६ रोपनी ८ आनाको जग्गा सो १८३ नं. पोता भिडाई जग्गा दर्ता भएको छ छैन ?’ भनी प्रश्न सोधिएको छ। त्यसै गरी ‘सार्वजनिक/सरकारी जग्गा नेपाल सरकारका नाममा दर्ता गर्ने गरी भएको निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा जहाँ छ, त्यहाँबाट साबिक पोता १८३ नं. श्री सिंहसार्थ वाहु गरुण भगवानको नाममा दर्ता भएको मिसिल झिकाउनू’ भन्ने उल्लेख छ । वि.सं २०४४ मंसिर २३ मा उक्त जग्गा सरकारको नाउँमा दर्ता गर्ने निर्णय गरिएको थियो । सोको तथ्यगत बेहोरासहित सो पोता भिडाई कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता/हाल साविक भई कसको नाममा कायम रहेको छ ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय वा मालपोत विभागबाट झिकाउनु भनी आदेशमा भनिएको छ।

वि.सं. २०३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो।नापी हुँदा उक्त पोखरी कित्ता नम्बर १६७ र पोखरीको डिल १०४४ कायम भएको थियो। त्योभन्दा अघि पोखरी र पोखरीको डिलको कित्ता १८३ कायम गरिएको थियो। साविक लगतअनुसार सो जग्गा श्री सिंहसार्थबाहु गरुण भगवानको नाममा रहेको थियो। नापीपछि कित्ता नं १६७ को क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ।

विसं २०३९ जेठ २४ को भूमिसुधार मन्त्रालयको जग्गाधनी पुर्जामा पनि उक्त कित्तामा पोखरी नै रहेको उल्लेख छ । तत्कालीन पुर्जामा जग्गाधनी सिंहसार्थबाहु गुठी लेखिएको छ। गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै उल्लेख छ। यस्तै २०४४ मंसिर २३ गते सरकारको नाममा दर्ता भएपछि जग्गाधनी श्रेस्तामा पनि पोखरी नै उल्लेख छ । जग्गाधनीको नाम ‘श्री ५ को सरकार’ उल्लेख छ।

वि.सं. १९६५ को श्रेस्तामा साढे २६ रोपनी क्षेत्रफल देखिन्छ। स्थानीयले वार्षिक १ सय २५ रुपियाँ विक्रमशील महाविहार गुठीलाई दिएर पोखरी भाडामा लिएका थिए। वि.सं १९७७ मा जनरल केशरशमशेरले आफ्नो दरबारको शोभा बढाउन विहारलाई १ सय २५ रुपियाँ भाडा दिएर सो पोखरी कब्जा गर्नुभएको थियो।

केशरशमशेरका छोरा केयुरशमशेरले पोखरीको केही भागमा धान रोप्ने प्रयास गरेपछि त्यतिबेला विहारका गुठियारले विरोध मात्र गरेनन्, वि.सं. २०२७ सालमा अदालतमा धर्मलोपको मुद्दासमेत लगाए। वि.सं. २०३३ मा सर्वोच्चले गुठीकै नाममा पोखरी र डिल कायन गरिदियो तर पनि पाँडे समूहले ललितानिवास जस्तै उक्त जग्गा कब्जामा लिएका हुन्।

विसं २०३९ मा केयुरशमशेरले गरुड भगवान्को दर्तावाल मोहीमा दर्ता गराए । सोही मोहियानीको आधारमा सो कित्तालाई विभाजन किता नम्बर ९६९६ सुधा पौड्याल, १६१७ विणा पौड्याल र १६१८ आफूलाई बाँडेको थियो । त्यसलाई पुष्टि गर्न अनेक प्रयास गरिएको देखिन्छ ।

वि.सं. २०४२ मा पोखरीको सट्टा सिम खाई विहार गुठियार र कर्मचारीले कुत लिएका थिए । तर, गुठी संस्थानको फिल्डबुकमा पोखरी नै कायम गरिएको थियो । गुठी संस्थानले पोखरीलाई सिम बनाउने गुठियारलाई कारबाहीसमेत गरेको थियो । वि.सं. २०४४ को मन्त्रिपरिषद् बैठकले सरकारी सार्वजनिक पोखरी कायम गरेको निर्णय अहिलेसम्म श्रेस्तामा कायमै छ।

केयुरशमशेरको निधनपछि उहाँको नामको कित्तानम्बर १६१८ को जग्गा उहाँकी पत्नी अम्बिका राणाको नाममा सारियो भने अरू दुई कित्ताको जग्गा अम्बिकाका दाइ शंकरप्रसाद शाहको नाममा सारिएको थियो। अम्बिका र शंकरप्रसादले सो जग्गा रैतानीमा परिणत गराए पनि गुठी संस्थानले पोखरी रैतानी गर्न नमिल्ने भन्दै बदर गरिदिएको थियो।

रैतानी बदरविरुद्ध वि.सं. २०४७ मै अम्बिका र शंकरप्रसाद जिल्ला अदालत जानुभएको थियो। पुनरावेदनले वि.सं. २०५३ मा गुठी निर्णय बदर गरे पनि सो मुद्दाको किनारा लाग्न सकेन। गुठियारले राणाविरुद्ध वि.सं.२०५५ मा मुद्दा दर्ता गराएका थिए।

अम्बिका राणाले २०६२ मा मुद्दा हाल्नेमध्ये केही गुठियारलाई प्रभावमा पारी पोखरीको हकदाबी छोडाउने मिलापत्र गर्नुभयो। त्यसवापत विहार गुठीलाई १ करोड ५० लाख र चार आना जग्गा दिने सहमति गरियो। गरुड भगवान् गुठी राजगुठी र जग्गा गुठी तैनाथी हो। यस्ता जग्गाबारे निर्णय लिने अधिकार संस्थानलाई मात्र हुन्छ । पोखरीमा मोहियानी हक लगाउने र राजगुठीको जग्गा गुठियारले मिलापत्र गर्ने दुवै गुठी संस्थान ऐन, २०३३ विपरीतका काम हुन्।

कित्ता नं १६७ क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा र २ दाम जग्गा मासेर बैंकर पृथ्वीबहादुर पाण्डेले छाया सेन्टर बनाई वि.सं.२०७५ देखि सञ्चालनमा ल्याउनुभएको थियो। त्यसका विरुद्ध सर्वोच्चमा १५ वटा अलगअलग मुद्दा विचाराधीन रहेको छ।

सर्वोच्चले वादी पुष्पमान प्रधान र प्रतिवादी केयुर शमसेरसमेत भई चलेको खिचोला मेटाई पाउँ भन्ने मुद्दामा उल्लेख भएको चार किल्लाभित्रको २६ रोपनी ८ आना जग्गा हाल के कति कसको नाममा दर्ता स्रेस्ता कायम रहेको छ ? भनी प्रश्न सोधेको छ। प्रश्न सोेध्ने क्रममा सर्वोच्चले सो जग्गा दर्ता भएको भए जग्गाको साविक स्रोत एवम् श्रेस्ता विवरण गुठी संस्थान केन्द्रीय कार्यालय, मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको छ।

आजको  नेपाल समाचार पत्र दैनिकमा यो खबर रहेको छ – 

के हो लिक्षिविकालमा बिकास भएको थँवहिल ( विक्रमशिल महाविहार )

 

नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहिल इलाका यँगाल, लगन, इन्द्रचोक  भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ प्रधानद्वारा क्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार )  चोभार बन्न गयो ।

राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरदेखि बाहिर एकलास – एकान्त र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्द , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका श्रेष्ठको बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।

ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहमार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाह प्रधानका पुर्खा हुन् , बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् ।  बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने  थँवहिलका प्रधानहरू उपत्यकावासी श्रेष्ठ बुद्धधर्मावलम्बीको आस्था केन्द्र पनि हो ।

 सिंह सार्थ बाहु संग जोडिएको इतिहास  – 

आख्यान अनुसार , राजा गुनकामदेबको कुलमा जन्मिएका  सार्थ बाहु नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे  । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे  तर  सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए ।  ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमयलाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि राक्षसनि हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ ,  समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु ।  ’    उक्त कुरा बनियापीहरुलाई पनि बताए । तर , समुद्र तने बेनामा ती सुन्दरीहरू बोलाउन  थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी  समुद्रमा खसेर यक्षनिको आहारा बने ।

नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै  रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण पक्षिणीहरू भागाभाग गर्न लागे ।

दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले  एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि  थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए । विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ । बरिपरि दुइतले वादली , वरण्डा , धातुयुक्त तोरण टायल रातिको वहिलमा ने.सं. ८०४ , ९ २४ , १०५८ का अभिनेछन् । १६ शताब्दिमा  निर्माण भएको मानिने रहस्यात्मक गुप्तदेवताको मतसँग सम्बन्धित आँगन चोकको मन्दिरको  टुँडालमा कुमारी र भैरवका कलात्मक कृति कुदिएका छन् । चोकसीच स्वयम्भू रहेको छ , विहारको मुख्य पर्व फागुन पूर्णिमामा पर्दछ। फागु पुर्णिमाको अर्को दिन  सिंह सार्थ बाहुलाइ  खतमा राखी भित्रि सहरको थने ( माथिल्लो ) कोने ( तल्लो ) सहर परिक्रमा गराउने प्रचन रहेको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal