आज :

तिलक शर्माको ‘बन्द पर्खाल’ विमोचन गर्दै अग्नी सापकोटाले भनेः राष्ट्रिय सुरक्षा गम्भीर संकटमा छ

  • अनलाइन डबली

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तिलक शर्मा ‘हिमाल’द्वारा लिखित ‘बन्द पर्खाल’ संस्मरण कृति शनिबार सम्वाद डबलीमा एक समारोहका बीच विमोचन भएको छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले बन्द पर्खालको विमोचन गर्दै नेपालमा समाजवाद स्थापनाको अभियानलाई अगाडि बढाउन बैचारिक, राजनीतिक, सांगठनिक तथा सांस्कृतिक पुर्नगठन जरुरी भएको बताए ।

साथै सापकोटाले मुलुकले कृषि क्रान्ति, औधोगिकी क्रान्ति, सूचना प्रविधिको क्रान्तिलाई अगाडि बढाउँदै राष्ट्रिय सुरक्षाको नयाँ चुनौतिको सामना गनुपर्ने टड्कारो आवश्यकता रहेको औल्याए । नेपाल राष्ट्रिय सुरक्षाको गम्भीर समस्याबाट अगाडि बढेको बताए । उनले लेखक तिलक शर्माको कृतिले विचारधाराबाट लैस एउटा क्रान्तिकारीले जेलको मोर्चामा कसरी संघर्ष गर्दछ भन्ने यथार्थ बुझ्न सघाउ पु¥याएको पनि समीक्षा गरे ।

कृतिमाथि बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा संस्कृतिककर्मी अनिल शर्माले वन्द पर्खालले जनयुद्धको गौरवशाली इतिहासलाई चित्रण गरेको बताउँदै जनयुद्धको विदु्रपीकरण विरुद्धको नयाँ कृति भएको दाबि गरे ।

त्यस्तै कृतिमाथि समीक्षा गर्दै बरिष्ठ माक्र्सवादी समालोचक ईश्वरचन्द्र ज्ञवालीले बन्द पर्खालले पश्चिम नेपालको वर्गसंघर्षमा क्रान्तिकारी जेल मोर्चाभित्र योद्धाहरुले कसरी यातनाको दस्तावेजमा हस्ताक्षर गरेका थिए, त्यसको जीवन्त दस्तावेजीकरण गरिएको बताए ।

समीक्षक वालकृष्ण अधिकारीले यो कृतिले वैचारिक संस्मरण भएको बताउनुभयो । त्यस्तै समीक्षक अनुपमा रेग्मीले यो कृतिले जनयुद्धलाई नभोगेको, नदेखेकोको पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामाग्री बनेको बताउनुभयो ।

बन्द पर्खालका लेखक जनयुद्धको ऐतिहासिक प्रक्रियामा जुम्ला, कालिकोटको वर्गसंघर्षको नेतृत्व गर्दागर्दै गिरफ्तार भई धनगढी कारगारमा आस्थाका वन्दी रहेका थिए भने जनमुक्ति सेनाले धनगढी कारागार कब्जा गरी उहाँलाई मुक्त बनाएको थियो । त्यही जेलजीवनको अनुभूतिलाई नै लेखकले कृतिका रुपमा ल्याएका हुन् ।

आयोजक भुँडीपुराण प्रकाशनका अध्यक्ष केशवराज पराजुलीले यो पुस्तकले माओवादी जनयुद्धको इतिहासलाई लिपिबद्ध गरेको बताए । साथै उनले पुस्तक प्रकाशकहरुलाई प्रोत्सहान गर्नुको सट्टा नीतिगतरुपमै सरकारले दुःख दिने कार्य गरेको भन्दै रोष पनि व्यक्त गरे । सार्वजनिकीकरण समारोहमाको सञ्चालन साहित्यकार तथा नाटककार खेम थपलिया, स्वागत गेहेन्द्र ढकाल र केशवराज पराजुलीले सभापतित्व गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal