आज :

अवैध गोरु तस्करीमा प्रहरीको सफलता, २५ गोरु बरामद

  • अनलाइन डबली

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अवैध गोरु तस्करीको धन्दा बढिरहेको आशंकाबीच प्रहरीले ठूलो सफलता हासिल गरेको छ ।

गतराति हेटौँडा उपमहानगरपालिका वडा नं ३, बस्तीपुरबाट २५ वटा गोरुसहित ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

पशु निर्देशनालय मकवानपुरका अनुसार, बरामद ट्रक ०२–०३–०१ ख ०७०७ नम्बरको रहेको छ । यस घटनाले हेटौँडामा चलिरहेको तस्करी सञ्जालको गहिराइ थप पुष्टि गरेको छ ।

पशु निर्देशनालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले पक्राउ परेका चालक र सहचालकलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी दिएका छन ।

तर यति ठूलो संख्यामा गोरु लामो दूरीसम्म, सम्भवतः अन्तर्राष्ट्रिय सीमासम्म पु¥याउन प्रहरी प्रशासनभित्र ‘सेटिङ’ भएको आशंका गरिएको छ ।

पशु निर्देशनालयले पनि बरामद गरिएको गोरुको संख्या र ट्रकको विवरण पुष्टि गर्दै, अवैध पशु ओसारपसार नियन्त्रण गर्न थप कडाइ गर्नुपर्ने माग गरेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । विशेषज्ञहरूले अवैध निकासी रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal