काठमाडौँ । ठमेल स्थित पलेस्वां पुखू (कमलपोखरी) कब्जा गरी विवादित छायाँ कम्प्लेक्स बनाउन हक हस्तान्तरण गर्नेलाई कारवाहीको माग गरिएको निवेदन ठमेलमा विभिन्न स्थानमा टाँस गरिएको छ ।
सरकारले सार्वजनिक र गुठीको जग्गा फिर्ता गर्न सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा स्थानीयले गुठीको नाममा रहेको कमलपोखरीलाई छायाँ कम्प्लेसक्सको नाममा हक हस्तान्तरण गर्न सहमित दिने बिक्रमशिल महाविहार राजगुठीका अध्यक्षलाई कारवाहीको माग गर्दै निवेदन दिएका थिए ।
गृह मन्त्रालयले फागुन ३ गते सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पुनः सरकारी/सार्वजनिक कायम गर्न गराउन सूचना जारी गरेको थियो । स्थानीयले फागुन ३० गते गुठि संस्थानको ऐन विपरित व्यक्तिको नाममा रहेको छायाँदेवी कम्पलेससँग हक हस्तान्तरण गर्न सहमति दिनेलाई कारवाही गरेर उक्त जग्गालाई फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
स्थानीय सुबिर शाह, जगतप्रकाश राणा, राम केसी, सुशील अर्याल, दानबहादुर लामा र जगन्नाथ पाण्डेले थँ बहि बिक्रमशिल महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी र डिल र चोकसमेत २६ –८–०–० क्षेत्रपÞmलमा कब्जा गरी छायाँ कम्प्लेक्स बनाएको भन्दै फिर्ताको माग गरेका छन् ।
थँ बहि बिक्रमशिल महाविहार राजगुठीका थाकुली (नाइके) हिरण्यश्वर मान प्रधान समेतले २०२३ सालमा र २०६२ सालमा गुठी संस्थानको ऐनबिपरित मिलाप्रत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहिछाप गरेका थिए ।
उक्त गुठीका अध्यक्ष सुरेद्रमान प्रधानले सार्वजनिक पोखरी र पोखरीको डिल समेत व्यक्तिको नाममा रहेको छायाँ कम्प्लेक्सको नाममा हक हस्तान्तरण गर्न सहमति पत्र दिएको निवेदनमा उल्लेख छ ।
स्थानीय जमिन फिर्ता गरी दोषीलाई कारवाहीको माग लामो समयदेखि आन्दोलनरत रहेका छन् ।
यो पनि पढ्नुहोस्


अनलाइन डबली

