आज :

विवादित छायाँदेवी कम्प्लेक्सको विषयमा नेवाःहरुको विरोध नभएको भन्ने भनाइप्रति नेवाः देय् दबूको विज्ञप्ति

  • अनलाइन डबली

काठमाडौँ  । नेवार समुदायको जातीय छाता संगठन  नेवाः देय् दबूले ठमेल स्थित पलेस्वां पुखूमा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति प्रति सो संगठनले  प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

आइतवार नेवाः देय् दबूका अध्क्षय् पवित्र बज्राचार्यं द्वारा हस्ताक्षर् उक्त प्रेस विज्ञप्तिइ सार्वजनिक गरिएको हो ।छायदिवी मार्केटिङ डाइरेक्टर सुमन विक्रम पाण्डेले एक टेलिभिजनलाइ पलेस्वां पुखू ( ऐतिहासिक कमलको पोखरी ) मा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति प्रति संगठन ले आपत्ति जनाएको छ ।

यस्तो छ जारि बिज्ञप्ति – 

छायाँदेवी कम्प्लेक्स प्रा . लि . , छायदिवी मार्केटिङ डाइरेक्टर सुमन विक्रम पाण्डेले काठमाडौंको ठमेल स्थित पलेस्वां पुखूमा निर्माण भएको विवादित छायाँदेवी कम्पलेक्सको विषयमा नेवाः हरुको राष्ट्रिय संगठन नेवाः देय् दबूमा दुई घण्टा आफूले ब्रिफिङ गरेको र नेवाः देय् दबूको कुनै विरोध नभएको भनी दिनुभएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेवाः देय् दबूसँग कुरा नै नगरिकन जुन किसिमले २०८० भदौ ५ गते पाण्डेले SUTRA TV मा नेवाः देय् दबूको बारेमा उल्लेख गर्नुभयो उक्त कुराप्रति हाम्रो पूरै असहमति रहेको जानकारी दिन चाहन्छौं । नेवाः देय् दबू देशभरीका नेवाः हरुको साझा राष्ट्रिय संगठन हो । आदिवासी अधिकारप्रति क्रियाशिल रहेको र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरु आइएलओ १६ ९ आदिवासी मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा लगायतको बारेमा नेवा हरुलाई सचेत बनाउँदै आएको नेवाः देय् दबू आदिवासी नेवाः हरुको प्रथाजनीत संस्था गुथि , संस्कृति , सम्पदा , भूमीको पक्षमा जहिले पनि पैरवी गरि आएको स्पष्ट पार्न चाहन्छौं । विवादास्पद छायाँदेवी कम्पलेक्सको भवन बनेको स्थान ऐतिहासिक कलम पोखरी रहेको र नेवाः संस्कृतिसँग जोडिएको पुरातात्त्विक कमल पोखरी हो भन्ने सवालमा नेवाः देय् दबूको स्पष्ट दृष्टिकोण छ । पोखरी संरक्षण हुनपर्छ भन्ने सवालमा आवाज उठाउँदै आएको कुरा पनि सम्बन्धित पक्षलाई सम्झाउन चाहान्छौं । छायाँदेवी कम्प्लेक्सका सम्बन्धीत व्यक्ति पाण्डेको सार्वजनिक रुपमा नेवाः देय् दबूको सवालमा दिएको अभिव्यक्ति फिर्ता लिन अनुरोध गर्दछौ । अब उप्रान्त यस संस्थाको नाम लिएर यस्ता गम्भीर विषयमा नबोल्न सचेत पनि गराउन चाहन्छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal