आज :

समाजवादी मोर्चाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • अनलाइन डबली

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी गरी चार दल समाजवादी मोर्चामा आवद्ध छन् ।

मोर्चाका संयोजकसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार विहान ९ बजेका लागि मोर्चाको नियमित बैठक बोलाएका हुन् ।

बैठक आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बस्ने गरी बोलाइएको छ । एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले मोर्चाको बैठक आइतबार विहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूसँगै मोर्चाको देशभर संगठन विस्तारको अवस्था र भावी कार्ययोजनाका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal