आज :

उत्पीडन्को जाँतोबाट मुक्त गर्न समता सामाज नेपालः अध्यक्ष गोपाल

  • अनलाइन डबली

कठमाडौं । समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर बिक थापाले उत्पीडनको जाँतोबाट मुक्त गर्न समता समाज नेपालको स्थापना गरेको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘समाजवादी आन्दोलनमा दलित विमर्श’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलित मुक्तिका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेकोसमेत बताएका हुन् ।

मनुवादी जात व्यबस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको जिकिर गरे । थापाले २१औं शताब्धीमा जनाबरको अधिकार रक्षाको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यवहार खेप्नु परेकोप्रति दुःख व्यक्त गरे ।

उनले विगत ७५ वर्षदेखि समाज परिवर्तनका निम्ति लड्दै आएका अग्रजहरुलार्ई सम्मान गर्नुपर्ने र उनिहरुले देखाएको बाटोलाई आत्म साथ गर्नुपर्ने धारणासमेत राखे । सामाजिक रुपान्तरणका लागि १० वर्षे जनयुद्ध र जनआन्दोलनमा भएको बलिदानले ल्याएको वर्तमान व्यबस्थामा पनि उत्पीडित वर्गले अधिकारको उपभोग गर्न नपाउनु दुःखत बिषय भएको बताए ।

व्यापक परिवर्तनपश्चात पनि देशका विभिन्न ठाउँमा दलित समुदायमाथि असमानताका डण्डाहरु वर्षिरहेकोप्रति चिन्ता व्यक्त गर्दै थापाले भने,“हामीले विगतमा गरेको ठूलो त्याग तपस्या र बलिदनमाथि बज्रपात हुँदैछ, अब हामी सहन्नौं ।”

विश्वका मानिसहरु चन्द्रमा र मंगल ग्रहमा पुगिसक्दा पनि नेपाली समाजमा भने २०आँै सताप्धीको समाजिक चेतना रहनु दुर्भाग्य भएको बताए । छुवाछुत,उच–निचता, रुढीवादले ग्रस्त शासक वर्गहरु मुखले एउटा र ब्यवहारमा अर्को गर्ने गरेको आरोप लगाउँदैै, आफूहरु त्यसको विरुद्दमा कडा भन्दा कडा संघर्ष गर्न तयार रहेको चेतावनी थापाले दिए । आफूरुको अभियानलाई सम्पूर्ण उत्पीडित तथा दलित समुदायलाई साथ र सहयोग दिन अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal