आज :

यी हुन् त्रिवि उपकुलपतिको सर्ट लिष्टमा परेका १४ जना

  • अनलाइन डबली

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् । त्यस्तै, तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।

समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ ।

उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १५ जनासम्मको नाम सर्ट लिष्टमा राख्नुपर्ने भन्ने भएपनि समितिले १४ जनाको मात्रै नाम सर्ट लिष्टमा निकालेको हो ।

अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जनालाई नियुक्त गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal