आज :

राष्ट्र बैंक देश गरिब बनाउन उद्दत छ, वित्तिय संस्थाको अन्यायविरुद्ध निर्णायक लडाईंको विकल्प छैनः वरिष्ठ अधिवक्ता बिडारी

  • अनलाइन डबली

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपाललाई आफ्नो साथ रहेको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा बिडारीले सरकारले पीडितरुलाई न्याय नदिए उसविरुद्ध कडा आन्दोलन् गर्नुपर्ने समेत बताए ।

समितिले फागुन १ गतेदेखि निर्णायक आन्दोलनको घोषणा गरेको र त्यसलाई जसरी पनि सफल पार्न शुभकामना दिँदै त्यसमा आफ्नो तर्फबाट हरेक किसिमको साथ रहने बिडारीले प्रतिबद्धता जाहेर गरे ।
हजारौंको बलिदान पश्चात नयाँ व्यवस्था आएपनि नेपाली जनता आजपनि पञ्चायती कालजस्तो आर्थिक उत्पिडनमा पिल्सिरहेको बताउँदै बिडारीले भने, “राजतन्त्र र सामान्ति व्यवस्था गयो तर, गरिव जनता झन षोशणको दलदलमा फस्नुको मुख्य कारण व्यवस्था फरक भए पनि पत्र सामान्ति नै छन् ।”

 

वरिष्ठ अधिवक्ता बिडारीले प्रचण्ड सरकार नेपाली जनताको पक्षमा भएपनि मातहतमा रहेका अधिकारीहरु जनविरोधी भएको कारण जनताको पक्षमा काम गर्न नसकेको जिकिर गरे । वित्तिय संस्थाहरुबाट जनता पीडित हुँदा पनि सरकार निरिह भएको बताउँदै भने, “अर्थ मन्त्रालय काँग्रेसको, राष्ट्र बैंकका गभर्नर एमालेको कार्यकर्ता छन्, उनिहरु वित्तिय दलाल र माफियहरुको निर्देशमा चल्छन् अनि वित्तिय पीडितहरुले न्याय कसरी पाउने ।”

देशका ठूलालाई ठग्न बाण्ज्यि बैंकहरु, साना किसानलाई ठग्न साना लाघुवित्तिय संस्था ल्याएर जसरी हुन्छ देशलाई गरिब बनाउने खेल भएको बिडारीले दाबी गरे । यस किसिमका समस्या हल गर्न ठूलो किसिमको आन्दोलनको आवश्यकता पर्ने बताए । पूर्व सांसदसमेत रहेका बिडारीले नेपाल राष्ट्र बैंक देश गरिब बनाउने हेतुले सरकारका कार्यमा अबरोध गरेकोले त्यसविरुद्ध पनि जनता उत्रन जरुरी रहेको बताएका छन् ।

समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले विगत दुई वर्षदेखि अनवरत आन्दोलन गर्दै आएको र अब त्यसलाई निर्णायक मोडमा ल्याएको जानकारी दिए । देशभरका हजारौं पीडितको साथमा भएको विगतको आन्दोलनको कारण सरकारसँग ५ चरणसम्म बार्ता चलेको र सरकार पीडितको पक्षमा आउनु ठूलो सफलता भएको धारणा राखे । देशको कार्यकारी शक्ति सकारात्मा भएपनि लघुवित्तको नियमनकारी निकायको गलत रवैया भएको बताउँदै ज्ञवालीले भने, “सरकारको आदेश तथा निर्णयलाई पनि लल्काने राष्ट्र बैंक आझै पनि न्यादिन तयार नहुनु वार्तामा प्रतिनिधिसम्म नपठाउनु दुःखत विषय बनेको छ ।” उनले राष्ट्र बैंक गर्भनर जनविरोधी र वित्तिय माफियाहरुको दालाल भएको पुष्टि भएको ज्ञवालीले बताए ।

अध्यक्ष ज्ञवालीले वित्तिय माफिया र वित्तिय उत्पीडित जनताबीचको उत्पीडनमा टेकेर दुर्गा प्रसाईसहितका व्यक्तिहरु चर्चामा आएपनि उनिहरुले निर्णायक भूमिका निभउन नसक्ने ठोकुवा गरे । आफूहरुले २ वर्ष अघि चलाएको आन्दोलनको सिको गरेको आरोपसमेत लगाउँदै ज्ञवालीले भने, “कुनै आधर नीति सिद्धान्ता विनाका वेलगाम पश्चगामीले न्याय दिने भन्ने कुरा ‘हुटिट्याउँले आकश थाम्नु सरह हो’ त्यसैले कोही भ्रममा नपरौं ।”

फागुन १ गते चितवनको मुग्लिनदेखि हजारौं पीडितहरुसहित पैदल यात्रा मार्फत राजधानी प्रवेश गरी न्यया नपाएसम्म धर्ना,जुलुस लगायका कार्यक्रम गरेर निर्णायक संघर्ष गर्ने ज्ञवालीले जानकारी दिए । ज्ञवालीले अफूहरु लघुवित्त,सहकारी,मिटर ब्याजी र ठूला बैंक पीडितहरुको पक्षमा रहेको बताउँदै, न्यायपूर्ण संघर्षमा प्रतिबद्ध रहेर आन्दोलनलाई साथ दिन अनुरोध गरे ।

संघर्ष समितिका सचिवालय सदस्य प्रिया खत्रीले सरकारले आफूहरुलाई न्याय दिन खोज्दा सम्म पनि राष्ट्र बैंकले कानमा तेल हालेर बसेको बताउँदै खत्रीले भनिन्, “राष्ट्र बैंकका गभर्नर विदेशी र वित्तिय माफियाको दालल भएकोले उसले नेपाली जनताको आवाज सुन्ने कुरै भएन ।” लघुवित्तहरुले किस्ता मिनाहा गर्ने हो भने एक रात सुत्नु पर्ने प्रश्ताव राख्ने गरेकोसमेत आरोप लगाउँदै “हामले उनिहरुको घृणित प्रश्ताव भन्दा हामी काठमाडौंमा नाङ्गिन तयार छौं” उनले भने ।

समितिका केन्द्रीय सदस्य डिल्लीराम भट्टराईले वर्तमान सरकार पनि दलाल र मफियाहरुको पक्षमा कार्य गर्ने हुनाले न्याय दिन नचाहेको आरोप लगाए । सो कार्यक्रममा संरक्ष अगस्त अधिकारी, उपत्यका विभाग सदस्य ताहिर खानलगायतका पीडितहरुले न्याय नपाउन्जेलसम्म आन्दोलन गरिरहेने आम पीडितहरुलाई सहभागी हुनसमेत अपिल गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal