आज :

खुल्ला मञ्च खुल्ला नै राखिने, महानगरको प्रतिआभार व्यक्त

  • अनलाइन डबली

२०७२ साल को महा भुकम्प पछि यो ऐतिहासिक सम्पदा खुल्ला मञ्च मा बिबिन्न बहाना मा यो खुल्ला क्षेत्रलाई अतिक्रमण गर्दै आएको थियो। कहिले भुमाफियाहरुले बस पार्क बनाउने देखि त्रिपल बेसमेन्त पार्किङ सम्मको कुराहरु दैनिक जस्तो सुनिने गर्थ्यो । कालो सुचीमा परेको व्यापारी भेट्बालले त झन्दै खुल्ला मञ्च निजीकरण गरिसकेको थियो । ५० औ पसल सतर खोलेर साना ब्यापारीहरु संग खुल्ला मञ्चको सर्वजनिक जग्गामा सलामी शुद्ध उठाउनु भ्याई सकेका थिए। साथै खुल्ला मञ्चमा कालो पत्र गरेर कंक्रिट धलान गरेर झन्दै झन्दै मासिसकेको नै थियो ।धेरै सङर्श पछि बल्ल बल्ल हताउन हामी सफल भयो ।
७२ साल को महा भुकम्पले दरबार हाई स्कुल पुरै क्षेती भएकोले पुर्ण निर्माण नभए सम्म ऐतिहासिक खुल्ला मञ्च बातै बिध्याथी लाई खुल्ला मञ्चमा नै ८ बर्ष अस्थाई तहरा बनाएर पठनपाठन गर्दै आएको थियो । बिद्यालय पुर्ण निर्माण भएर बिद्यालय त सर्यो तर बिद्यायल राख्दा को भौतिक संरचना यतै छाडिएको थियो। लामो समय को निरन्तर प्रयास पछि काठमाडौँ महानगरको सहकार्य पछि महिनौ दिन लगाएर यस ऐतिहासिक ठाँउ पूर्ण रुपमा खालि गर्न सफल भयौ ।
साथै अब बाकी रहेको सबै कंकृत हतिसके पछि बाकी रहेको सौन्दर्यकारणको काम मात्र बाकी थियो । हामी नागरिकको तर्फ बाट खुल्ला मञ्च भित्र एक लाईन मञ्च भएको ठाँउमा रुख बिरुवा पनि रोपेका पनि छौं । अब छिटै खुल्ला मञ्चको नाम जसरी सधैको लागि सर्वसाधारण को लागि खुल्ला रहने छ ।
खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने महानगरका मेयर बाले साहाका सचिवालय बात जानकारी पाएका छौ ।
महानगरले यसमाथि प्राकृतिक दुवो मात्र रोप्ने समेत जानकारी पाएका छौ। हामि अभियानताहरु संगको सर सल्लाह बमेजिम महानगरको यस कार्य प्रति हार्दिक आभार प्रकट गर्दछु।

            “खुल्ला मञ्च खुल्ला गर्ने  ” महाअभियान संयोजक रक स्टार राजन खड्गी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal