आज :

स्वास्थ्यमन्त्री बस्नेतले भने– ऐनले दक्ष जनशक्ति उत्पादनलाई अल्मल्यायो

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा क्षेत्रमा यही बर्षबाट नयाँ दरबन्दी बढाउने बताएका छन् । दरबन्दी बढाउन चिकित्सा शिक्षा ऐनका कतिपय प्रावधान बाधक भएको उनको बुझाइ थियो ।

सोमबार काठमाडौंमा राष्ट्रिय योग दिवसको अवसरमा आयोजित सप्ताहव्यापी आयूर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले २०५४ सालदेखि रोकिएको दरबन्दी बढाउन अहिले ठूलै कसरत गरिरहेको भन्दै यही बर्षबाट दरबन्दी बढाउन सफल हुने बताएका हुन् ।

उनल भने,‘५४ सालदेखि दरबन्दी बढाइएको छैन् । नयाँ दरबन्दी बढाउने हिसाबले अहिले हामीले ठूलै कसरत गरेको छौं । यहि सालबाट दरबन्दी बढाउने कुरामा हामी सफल हुन्छौं ।’

उनले देशमा नयाँ उत्पादनका लागि दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरे । नेपालको चिकित्सा शिक्षा ऐनले दक्ष जनशक्तिको उत्पादनलाई अल्मल्याएको उनको भनाई थियो ।

उनले भने,‘जुन ढङ्गले नयाँ उत्पादन हुनुपर्ने हो त्यो भएको छैन् । यसका लागि हाम्रो दक्ष जनशक्ति यहाँ उत्पादन हुन जरुरी छ । तर नेपालको चिकित्सा शिक्षा ऐनले यसलाई अलमल्याएको छ । कोही बोल्दैनन् लाखौंको सङख्यामा भौतारिएर विदेश गएको छन् । पढेकाले यहाँ रोजगारी पाएको छैन् ।’

उनले आयूर्वेद चिकित्सा क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसक्दा विकास हुन नसकेको धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal