आज :

एमालेको सचिवालय बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका छन् । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १२ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । सत्ता गठबन्धनमा हुन लागेको भागबण्डामा एमालेले ६ सिट दाबी गरेको छ भने त्यसबारे एमालेभित्रै दुई थरी मत छन् ।

शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal