आज :

प्रसिद्ध कथाकार गुरु प्रसाद मैनालीको कथामा आधारित नाटक “नासो” को प्रदर्शन अभियान सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ  ।सद्भाव थिएटर नेपालले चारदिने प्रसिद्ध कथाकार गुरु प्रसाद मैनालीको कथामा आधारित नाटक “नासो” को प्रदर्शन अभियान सम्पन्न गरेको छ । विद्यालय पढ्ने बालबालिकाहरुका लागि तिनीहरुबाटै अभिनय गराएर प्रदर्शन गरिएको नाटक आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा सम्पन्न गरिएको हो । कोलम्बस इन्टरनेशनल स्कूलका लागि राम केएसीले निर्देशन गर्नुभएको नाटकमा  पारिवारिक कथामा बहुविवाहका कारण पारिवारिक कलह कथामा आधारित थियो । संयोगान्त र बियोयोगांत घटनालाइ जोडिएको नाटक विद्यालय पढ्ने बालबालिका साथै दर्शक, अभिभावकहरुको  मन छोएको स्कूलले जनाएको छ ।

सद्भाव थिएटरले विभिन्न कथामा आधारित  नियमित नाटक प्रदशन गर्दै आएको छ । बर्तमान समयमा चलचित्रको व्यापकताले रंगमंचमा देखाइने नाटक प्रति रुची घट्दै गएको प्रति निर्देशक  राम केएसीले चिन्ता ब्यक्त गरेका छन् ।  काठमाडौँ महानगरपालिका शिक्षा विभागले बिद्यार्थीहरुको बौद्धिक क्षमतालाइ वृद्दि गर्न  रंगमंच नाटकलाइ जीवन्त बनाउन पहल लिएको उहाको भनाइ छ ।

यसै गरि कोलम्बस इन्टर नेशनलका प्रध्यान अध्यापक मुना सिलवालले विद्यार्थीहरुलाई सबल र सक्षम् बनाउनका लागि पाठ्यपुस्तकमा मात्र सिमित नरही अतिरिक्त क्रियाकलाप दिने कार्येक्रम अनुसार रंगमंच कलाकार विधामा पनि जोड दिदै आएको बताउनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal