आज :

कान्तिपछि शुक्रराजमा पनि डा. बसौलाको बदमासी, दोब्बर कमिसनमा उपकरण खरिदको तयारी

  • अनलाइन डबली

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले ‘स्पेकलक’ गरी फोहोर व्यवस्थापन सम्बन्धी उपकरण खरिद गर्ने तयारी तयारी गरेको छ । अस्पतालले एउटा मात्रै कम्पनीसँग मिल्नेगरी मापदण्ड बनाएर बोलपत्र आह्वान गरेको छ ।

अस्पतालले ३ लाख ४७ हजार ४ सय बैंक ग्यारेण्टी मागेर बैशाख १६ गते बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा इटलीको न्यूस्टर कम्पनीलाई मात्र मिल्नेगरी मापदण्ड र सर्त राखिएको छ । अस्पतालका निर्देशक डा. युवानिधी बसौलाको मिलेमतोमा उक्त कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड र सर्त राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, कसिमनको खेलमा उक्त उपकरणको बजार मूल्यभन्दा दोब्बर बढी मूल्य निर्धारण गरी खरिदको तयारी भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार उक्त खरिदमा दोब्बर कमिसन खान खेल भइरहेको छ । यसमा डा. बसौलाकै सेटिङमा यो कमिसनको खेल भइरहेको स्रोतको दाबी छ । “हामी त आदेशअनुसार काम गर्ने कर्मचारी हौं । बाँकी कुरा निर्देशकज्यूलाई नै थाहा हुन्छ” एक कर्मचारीले भने ।

बोलपत्रको समय अवधि जेठ १५ गतेसम्म रहेको छ ।

 

शुक्रबार राखेका प्रि–बिड बैठक डा. बसौलाले विना सूचना स्थगित गर्न लाएका छन् । मिलेमतोमा बोलपत्र आह्वान गरिएकोले सरोकारवालाहरुको विरोध हुन सक्ने भएकोले उक्त बैठक स्थगित गरिएको स्रोतले बतायो । अधिकांश आपूर्तीकर्ताहरुले विरोध जनाउने भएकोले निर्देशक डा. बसौलाले प्रि–विड मिटिङ स्थगित गर्न लगाएको बताइएको छ ।
यस विषयमा निर्देशक डा. बसौलासँग जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

कान्ति बाल अस्पतालको नेतृत्वमा रहेसम्म डा. बसौला विवादित बने । कान्तिको नेतृत्व समालेदेखि नै निश्चित कम्पनीसँग मिलेर आफू खुशी काम गर्दै आएका बसौला बहिर्गमन लज्जानजक बनेको थियो ।

डा. बसौलाको कमिसनको खेलबारे अनलाइन डबली डटकमले समाचार सार्वजनिक गरेको थियो । उनले सूचना सार्वजनिक गर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए । आफ्नो कतुर्त लुकाउन धेरै प्रयास गरेपनि अन्ततः बसौलाले लज्जाजनकरुपमा नेतृत्व छोड्नु परेको थियो ।

त्यसको केही समयपछि तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. बसौलालाई शुक्रराजको निर्देशक बनाएका थिए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलका विश्वास पात्र भएकै कारण डा. बसौलाले शुक्रराजको नेतृत्व पाएको र फेरि कान्तिमा गरेजस्तै निश्चित कम्पनीसँग मिलेमतोमा चल्न थालेको अस्पतालका एक कर्मचारीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal