आज :

राष्ट्रसंघको प्रस्तावलाई बेवास्ता गर्दै इजरायलः गाजामा भिषण बमबारी, १८ हजार बढीको मृत्यु 

  • अनलाइन डबली

काठमाडौं । युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको बेवास्ता गर्दै इजरायलले गाजा पट्टीको आक्रमणलाई तीव्र पारेको छ । मानवीय सहयोग समेत रोकेर इजरायलले गाजामा अमानवीय रुपमा हवाई र स्थल हमला बढाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ६०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले गरेको सर्वेक्षणले जनतामा हमासलाई समर्थन भने बढ्दै गएको देखाएको छ ।

त्यस्तै, गाजाको दक्षिणी किनारमा अस्थायी पालमा बसेका महिला र पुरुषहरू रफाहको शवगृहमा रोइरहेको भिडियो सार्वजनिक भएका छन ।

बुधबार राति भएको हवाई हमलामा मारिएकाहरुको शव रगतले लतपतिएको कफनमा बेरिएको छ । त्यसमा केही साना बालबालिका पनि परेका थिए ।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले आक्रमणहरू अमानविय भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई अस्वीकार गरेको छ । बाइडेनले अन्धाधुन्ध बमबारी नगर्न इजरायललाई आग्रह गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तिमसम्म युद्ध जारी राख्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि आफूलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal