आज :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङ बात बायुसेवा निगमको अनुगमन तथा वार्षिक वजेट वैठकको उद्घाटन

  • अनलाइन डबली

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरिक्षण तथा अनुगमन गर्नु भएको छ  ।
उहाले आजै निगमको चालु आ. व. २०८०÷८१ को समिक्षा र आगामी आ. व. २०८१÷८२ को वार्षिक योजना तथा वजेट प्रक्षेपण वैठकको उद्घाटन समेत गर्नुभयो ।

उक्त अवसरमा मन्त्री तामाङलाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेय, निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगममा स्वागत गर्नु भयो ।     कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सम्पूर्ण विभागीय प्रमुखहरु, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुखहरु, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरु र निगममा क्रियाशिल चार वटै टे«ड युनियनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्मायक्रममा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गर्नुभयो  । उक्त समिक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम मिति २०८१ जेष्ठ ३ र ४ गते दुई दिन चल्नेछ ।
सो अवसरमा निगमका कार्यकारी अध्यक्ष  युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरु  भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिनु हुन समेत अनुरोध गर्नुभयो ।
यसै गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयले निगमका कर्मचारीहरुलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिनु भयो ।
उक्त अवसरमा मन्त्री तामाङले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहने तर्फ सचेत गराउँदै प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal