आज :

गृहमन्त्रीमाथि छानविन गर्नेबारे भएन सहमति, काँग्रेसले प्रतिनिधिसभा बैठक अवरोध जारी राख्ने

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो मागअनुसार सरकार गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउन तयार नभएको भन्दै प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ ।

विहीबार विहानैबाट सत्तापक्ष दल र नेपाली काँग्रेससँग प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध खुलाउन प्रयास गरेका थिए । सरकार समग्रमा सहकारीका समस्या समाधानको लागि छानविन बनाउन सहमत भएपनि काँग्रेसले रविमाथि नै समिति बनाउन माग गरेको छ ।

बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए । गृहमन्त्रीमाथि छानविन गर्न तयार नभएसम्म आफूहरु पछि नहट्ने बताए ।

यसैबीच काँग्रेसले अवरोध जारी राख्ने निर्णय गरेपछि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal