आज :

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई रुवाण्डा आप्रवासन नीतिमा राहत

  • अनलाइन डबली

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् । बेलायती संसदमा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ ।

प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो ।

हाउस अफ कमन्समा पार्टीका ३१३ सदस्यमध्ये २६९ जनाले विधेयकको पक्षमा मतदान गरे । जुन ४४ मतको बहुमत हो ।
तर, कन्जरभेटिभ पार्टीका ३८ सांसदहरूले भने मतदानमा भाग लिएनन् । जसमा बर्खास्त गरिएका गृहमन्त्री सुएला ब्रेभरम्यान र राजीनामा दिएका बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिक पनि छन् ।

यसअघि प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीका सांसदहरूको समर्थन जुटाउन अभियान सुरु गरेका थिए । धेरै सांसदहरूले विधेयकको विरोध गर्ने धम्की दिएका थिए । यो विधेयकले पूर्वी अफ्रिकी देश रुवान्डामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कानुनी अवरोधहरू हटाउने लक्ष्य राखेको छ ।

मंगलबार विधेयकमा प्रारम्भिक चरणको मतदान अघि प्रधानमन्त्री सुनकले कानुनी चुनौतिहरूबाट बच्न पर्याप्त नभएको महसुस गर्दै विधेयकको विरोध गरिरहेका पार्टीका दक्षिणपन्थी सदस्यहरूका लागि बिहानको खाजाको आयोजना गरे ।

प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री सुनक आफ्नै पार्टीभित्रको परीक्षामा उत्तीर्ण भएका छन् । जसले पार्टीमा उनको पकड पनि बलियो बन्दै गएको संकेत पनि गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal