आज :

‘विद्यार्थी महोत्सव’: एक लाख विद्यार्थीले अवलोकन गरे

  • अनलाइन डबली

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख विद्यार्थीले अवलोकन गरेको आयोजकको भनाई छ ।

‘विद्यार्थी महोत्सव–२०८१’ विद्यार्थी आन्दोलनको ‘प्याराडाईम सिफ्ट’ को ऐतिहासिक घटनाका रुपमा रहने अध्यक्ष बडालको विश्वास छ ।

यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित महोत्सव ‘विद्यार्थी महोत्सव’ मात्र नभएर देशप्रतिको विद्यार्थीको कर्तव्यबोध र  शिक्षामा आमूल परिवर्तनको लागि फरक अभियान भएको बडालको भनाई छ । उनले राजनीतिप्रति युवापुस्ताको नयाँ धारणा बनाउन महोत्सव सफल भएको उल्लेख गरे ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव–२०८१  । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आइ हेट पोलिटिक्स होइन, आइ केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको शुरुवात थियो,’ अध्यक्ष बडालले चर्चा गरे ।

महोत्सवले विद्यार्थी वर्गमा राँके जुलुस लिएर सडक आन्दोलन गर्ने विद्यार्थी संगठनको आन्दोलनको छबिलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणको छबि बनाउने आयोजकको विश्वास छ ।

अध्यक्ष बडालले महोत्सवले अवको विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताए ।

‘यो एक ‘कल्चरल मूभमेन्ट’ को शुरुवात हो ।  हामी लामो यात्रा तय गर्दैछौं । आफू र सरकारलाई प्रश्न गरेर आफैंलाई परिमार्जन गर्दै  परिवर्तनका लागि दवाब सिर्जना गर्नुपर्छ । हामी शिक्षामा समानता, गुणस्तर र रोजगारीको सुनिश्चिताको लागि आन्दोलनलाई अझै घनिभूत बनाउने छौं ।  देशमा राजनीतिक स्थिरताको लागि रचनात्मक आन्दोलन हाम्रो केन्द्रमा हुने छ । विद्यार्थी महोत्सवले हामीलाई थप उर्जा र हौसला प्रदान गरेको छ’ बडालले भने ।

महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे विषयगत सत्रमा अनेरास्ववियुले छलफल र विमर्शको समन्वय थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal