आज :

काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

  • अनलाइन डबली

काठमाडौं । अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । दिउँसो यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहने उल्लेख छ ।

आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ ।

तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

आजदेखि आइतबार (६ जेठ)  सम्म तराईका जिल्लामा गर्मी अधिक हुने हुनाले त्यसको असरबाट जोगिन सकेसम्म घरबाट बहिर ननिस्कन विभागले नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal