पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ् पर्यटकीय क्षेत्र ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा त्रिदेवी मार्गमा भोलि शनिबार खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो।
परिषद्का महासचिव राजीव पाण्डेका अनुसार आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनी स्टलहरु रहने छन्।