आज :

दुर्गा र महेशलाई धर्मशाला र पाटी प्यालेसमा सेल्टर बनाउन नदिने, प्रहरी निगरानी बढ्यो

  • अनलाइन डबली

काठमाडौं। नेकपा एमाले र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको भोलि मंसिर ७ गते गर्न लागेको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको छ ।

युवा संघका इन्चार्ज महेश बस्नेत र प्रसाईंले गर्ने शक्ति प्रदर्शनले तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रवन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकिकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रवन्ध गरिएको बताए। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले नेपाल न्यूज बैंकलाई जानकारी दिए।

त्यसैगरी प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरुमा उपत्यका बाहिरबाट आएका मानिसहरुको जमघट हुँदा सम्भावित घुसपेठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ। ती स्थानहरुलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताईएको छ।

प्रहरी स्रोतका अनुसार धर्मशाला र पाटी प्यालेसहरुलाई सेल्टरको रुपमा प्रयोग गर्न सक्ने भएकोले सुरक्षा निगरानी बढाइएको हो । धर्मशाला र पाटी प्यालेसहरुलाई लामो समयसम्म सेल्टरको रुपमा प्रयोग गर्न नदिने तयारी प्रहरीको छ ।

दुर्गा प्रसाईं समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि मिसिने सम्भावनाको सूचना पाएकाले प्रहरीले निगरानी बढाउँदै सुरक्षा बढाएको बताएको छ।

प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरु र राजसंस्था पुनर्वहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बध्द सूत्रले बताएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal