आज :

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग अन्तरक्रिया गर्दै

  • अनलाइन डबली

काठमाडौँ । सरकारले आज निजी क्षेत्रसँग समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनेबारे अन्तरक्रिया गर्दैछ । प्रधानमन्त्री प्रचण्डले सोमबार अर्थमन्त्रीसहितको छलफलमा निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीले सोमबारको बैठकमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल आयोजना गरिएको छ ।

सोमबारको बैठकमा अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal