आज :

संस्थापक अध्यक्ष महतो र केसीले राष्ट्रपति र प्रधानमन्त्रीलाई एनआरएनएबारे गलत सूचना दिए

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै गलत सूचना दिएको भेटिएको छ । संघको विवादबारे महत्तो र वर्तमान अध्यक्ष बद्री केसीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई गलत सूचना दिएका हुन् ।

महत्तो र केसीको झुटको मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पर्दाफास भएको छ । प्रधानमन्त्री प्रचण्डको रोहबरमा दुबै पक्षबीच एकता गर्ने सहमति भएको थियो । केसीको अध्यक्ष बन्ने महत्वकांक्षा र मनपरीका कारण उक्त कार्यान्वन हुन सकेन । तर, महत्तो र केसीले सहमति कार्यान्वयन भएको र सोहीअनुसार नै ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न लागेको भन्दै गलत सूचना प्रधानमन्त्री कार्यालयमा पुर्याएका थिए ।

मंगलबार विहान गैरआवसीय नेपालीलाई नागरिकता वितरण गरिसकेपछि सबै बताउँदै कार्यक्रम समापन हुँदै थियो । कार्यक्रममा सहभागी बिनोद कुँवर पक्षको तर्फबाट दिपेश खत्रीले सहमति कार्यान्वयन नभएको र संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको र उच्च अदालत पाटनले समेत १५ दिनभित्र जवाफ मागेको कुरा उठाए । त्यसपछि प्रधानमन्त्रीले सहमति कार्यान्वयन भएको भनिएको होइन र ? भन्दै प्रश्न गरेका थिए ।

लगत्तै संस्थापक अध्यक्ष महत्तोले “सबै भइसकेको छ, यो भाईलाई केही जानकारी छैन । सबै मिलिसकेको छ, अब उठौं” भने । त्यसको प्रतिवाद गर्दै खत्रिले केही पकि कुरा नमिलेको बताउँदै प्रधानमन्त्रीलाई महाधिवेशन स्थगित गर्न आफूले दिएको निवेदन प्रधानमन्त्रीलाई बुझाए ।

“केही कुरा मिलेको छैन । उहाँहरुले तपाईँको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नुभएन । तपाईँ समग्र एनआरएनएको प्रधानमन्त्री हो, यो एउटा गुट हो । प्रधानमन्त्रीज्यू गुटको कार्यक्रममा नजानुहोला” खत्रीले निवेदन बुझाउँदै प्रधानमन्त्रीलाई भने ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले अब कार्यक्रममा जाने नजानेबारे म सोच्छु भनेको खत्रिले जानकारी दिए । संस्थाका जिम्मेवारी व्यक्तिले नै गलत सूचना दिएर राज्य र सरकार प्रमुखलाई नै गुमराहमा राखेको उनले आरोप समेत लगाउँदै खत्रिले सिंगो संस्थाप्रति नै विश्वासको संकट पैदा हुने अवस्था सिर्जना भएको बताए ।

खत्री संघका ब्राण्ड एम्बेस्टर समेत हुन् । उनले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । अदालतले दशैंको बिदा भएको भन्दै अन्तरिम आदेशबारे छलफल गर्न नसकिने तर अदालत खुलेपछि त्यसबारे बहस हुने र त्यसबेला भएको आदेश मान्न पर्ने समेत सचेत गराएको छ ।

यसले संघको महाधिवेशन नै अवैध घोषणा हुन सक्ने पनि देखिएको छ ।

यस्तो थियो प्रधानमन्त्रीको रोहबरमा भएको सहमतिः 

खत्रीले निर्वाचन प्रक्रिया रोक्न दिएको निवेदन

उच्च अदालत पाटनले १५ दिने जवाफ मागेको छ ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal