आज :

लीलादेवी श्रेष्ठसहित १० जना साहित्यकार सूचक सम्मानद्वारा सम्मानित

  • धनन्जय बुढा

काठमाडौं । समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठलाई सूचक प्रकाशनले सूचक सम्मानद्वारा सम्मानित गरेको छ । श्रष्ठाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मानित गरेका हुन् ।

२००४ सालमा संखुवासभाको चैनपुरमा जन्मिएकी सहित्यकार श्रेष्ठका अठोट (नाटकसङ्ग्रह–२०७९) र जिन्दगीका डोबहरु(कविता/भजनसङ्ग्रह–२०७९) कृतिहरु प्रकाशित छन् । गायिकाका रुपमा पनि परिचित उनि साहित्य,संस्कृति र विशेषगरी सामाजिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत सूचक सम्मान–२०८०ले सम्मान गरिएको सूचक प्रकासनका अध्यक्ष दीपक भेटुवालले बताए । ७६ वर्षिय श्रेष्ठ आज पनि साहित्य रचना तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिए रहेकी छन् ।

सूचक प्रकाशनको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथा सूचक सम्मान समर्पण समारोह –२०८०’को अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले कला र साहित्यलाई जगेर्न गर्ने प्रयास गरेकोमा आयोजकलाई धन्यबाद दिए । कुलपति राईले नेपाल जस्तो पितृसत्तात्मक मुलुकमा सूचक प्रकासनले अत्याधिक महिला श्रष्ठाहरुलाई सम्मानित गरेर अनुकरणिय कार्य गरेको पनि बताए ।

सूचक प्रकासनका अध्यक्ष भेटवालले पछिल्लो समयमा सात्यिलाई मनोरन्जनका रुपमा मात्रै नभएर साहित्यलाई व्यवसायीकरुपमा विकास भएकोमा आफूहरुलाई हौशला मिलेको धारणा राखे । सो सम्मान समारोहमा कवि सपना लामिछाने क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कारले सम्मानित भइन् । त्यसैगरी समाजसेवी हेमन्त कुमार कार्की, साहित्यकार इल्या भट्टराई, नेत्र अनुसन्धान विज्ञडा. सिद्धार्थ रन्जित, पत्रकार राजेश खनाल, साहित्यकारहरु रेणुका सोलु, गीता कार्की,ज्ञानु अधिकारी र वसन्त नकर्मी गरेर दश जना सम्मानित भएका हुन् ।

सो समारोहमा शिक्षाविद एवं समाजसेवी केदारनाथ श्रेष्ठ,बौद्ध उपासक एवं समाजसेवी पन्चविरसिंह तुलाधर,सूचक प्रकाशनका संरक्षक समाजसेवी कृष्ण बहादुर श्रेष्ठ, महिलाहरुको साहित्यिक संस्था गुन्जनको अध्यक्ष एवं साहित्यकार जलेश्वरी श्रेष्ठलगायत अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रमको सभाअध्यक्षता सूचक प्रकाशनका आजिवन सदस्य साहित्यकार हिरण्यकुमारी पाठकले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन् कवि एवं गजलकार प्रकाश समीर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal