आज :

बागमती नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बागमती नदीको तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । विभागले शुक्रबार बिहान एक सूचना जारी गर्दै भारी वर्षका कारण बागमती नदी बाडी आउने सम्भावना औल्याउँदै रौतहट, सर्लाहीको डुबान भईरहने क्षेत्रमा रहनेहरूलाई पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

शुक्रबार विभागले समाजिक सञ्जाल मार्फत बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । “बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले, तटीय क्षेत्र रौतहट, सर्लाहीको डुबान भईरहने क्षेत्रमा रहनु हुनेहरू बिहान १० बजेसम्म उच्च सतर्कता अपनाऔँ” सूचनामा भनिएको छ ।

विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal