
बंगलाचुलि ६
हड्ताल चल्यो चक्काजाम भयो।
सबैले सुनौलो बिहानी आउँछ भन्ने भयो।।
हिरासत‚ यातनाको कोटा पूरा भयो।
जिन्दगीको अन्तिम दिन सुरु भयो।।
तिमीले सडक‚ झुपडी छोडेपछि आजकल।
यो अभावका बस्तीहरू व्यर्थै बदनाम भयो।।
सुन्दर समाजको परिकल्पना भयो।
आज हेर्दाहेर्दै उही कठिनाइ अनिष्ट दशा भयो।।
म बेरोजगार भएको ता छैन तिमी असफल हुदा।
अचेल त्यही सङ्घर्षका दिनहरू अध्ययन भयो।।
पटक पटक पुत्ला दहन भयो।
खरानी भएका पुत्ला फेरि जीवित भयो।।