आज :

महेन्द्र उपाध्यायको उपन्यास मिन्झारीमाथि विमर्श

लेखक महेन्द्र उपाध्यायको उपन्यास मिन्झारीमाथि भएको छ। काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थियटरमा राजनीतिज्ञ रेशम चौधरी, अधिवक्ता गीता चौधरी लेखकहरू ओम रिजाल, नवीन विभास र कवि तथा पत्रकार देवव्रतले किताबमाथि विमर्श गरेका थिए।

मिन्झारी विमर्शमा बोल्दै राजनीतिज्ञ एवम् लेखक रेशम चौधरीले थारू जातिलाई राज्य सत्ताले दबाएको र सोही कुरा मिन्झारीले उठाएको बताए। ‘टीकापुर घटनापछि मलालाई ुएलियनुजसरी हेरियो,’ उनले दुस्खी हुँदै भने, ‘उपन्यासले त्यही विषयवस्तु उठाएको छ। थारू र पहाडीयाहरूबीच हामीले कहिल्यै सामाजिक सद्भाव भड्काउने काम गरेका छैनौं।’

उनले आफ्नो जीवनको सुरुवात नै देउडा गीतबाट भएकोले दुई समुदायलाई‌ जोड्ने काम गरेको र गरिरहने बताए।

कार्यक्रममा लेखक नवीन विभासले प्रथम पटक टीकापुर पुग्दाको स्मरण गर्दै टीकापुरलाई ुडेथ सिटीु भन्ने गरिएको बताए। ‘त्यहाँको समाज अध्ययन महत्वपूर्ण विषय हो। कसैले आफ्नो अधिकार माग्दा सामाजिक सद्भाव भड्किएको भन्न मिल्दैन,’ उनले भने, ‘जबसम्म चुपचाप थियौं सामाजिक सद्भाव थियो। जब बोल्न थाल्यौं सद्भाव भड्किएको भन्ने भाष्य निर्माण गर्न खोजियो।’

तराईमा थारुमाथि कसरी विभेद गरियो र कसरी उनीहरीको सम्पत्ति हत्याइयो भन्ने इतिहास सम्झिँदै उनले उपन्यासले समाजको यथार्थ विषय प्रस्तुत गरेको बताए।

मिन्झारी विमर्शमा लेखक ओम रिजालले मिन्झारीभित्र सरकारी कर्मचारीहरूको यथार्थ चित्र प्रस्तुत गरिएको बताए। ‘देशको कर्मचारीतन्त्र सुध्रिनुपर्छ। उपन्यासले उठाएको यो विषयले मलाई तान्यो,’ उनले भने, ‘विषयवस्तुका हिसाबले सशक्त कथा उपन्यासमार्फत् प्रस्तुत भएको छ।’

अधिवक्ता गीता चौधरीले मिन्झारी एउटा मालिकको आँखाले कमैयामाथि लेखिएको उपन्यास भएको बताइन्। उनले भनिन्,‘सामाजिक यथार्थ कथामा महिला तथा एलजीबीटीक्युका मुद्दा उठाउँदा लेखकले ध्यान दिनुपर्छ।’

कार्यक्रममा कवि देवव्रतले उपन्यासका हरेक पात्रले पठाकमा छाप छोड्ने सकेको बताए। ‘समाजमा विभेदको सुरुवात विद्यालयस्तरबाट शिक्षकहरूले नै सिकाउने गरेको छ,’ उनले भने, ‘थारु विद्यार्थीलाई शिक्षकहरूले गरेको व्यवहार साह्रै निकृष्ट थियो।’

उपन्यासको कल्लु पात्रजस्तै समाजमा अझै पनि थारु विद्यार्थी विद्यालय तहबाटै पढाइ छाड्न बाध्य हुनुपर्ने यथार्थ रहेको उनले बताए। उपन्यासले त्यही विषय सशक्त रुपमा उठाए पनि ुमु पात्र हावी हुँदा कथा केही बहकिएको उनको भनाइ छ।

कार्यक्रमको सहजीकरण प्रकाश किरणले गरेका थिए। काबु क्रियशनको पहिलो प्रकाशन मिन्झारी तीन महिनाअघि प्रकाशित भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal