काठमाडौँ ।आज युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्ती । विसं १९६९ जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले जीवन्त परिचित छन् ।
काठमाडौँ महानगपलिका २३ धर्मपाथ स्थित रहेको उहाको प्रतिमामा माल्यार्पण गर्दै आज श्रदान्जली कार्येकर्म भएको छ । यस अवसरमा सस्कृति पर्येतन तथा नागरिक उद्यान मन्त्री सुदन किरातीले संघीय लोकतान्त्रिक अहिलेको ब्यबस्थामा परिवर्तन हुनुमा उहाको पनि देन रहेको बताउदै उहाले देश प्रतिको पिडा ,अन्याय अत्याचार प्रतिको पिडा लगाएतमा कविताको माध्यमबात पोख्नु भएको बिचार नै क्रान्तिको बाटो भएर स्वतन्त्रताको सपना लाइ युग सम्म अविछिन्न राखिराख्नु पर्ने बताउनु भयो ।
यसै गरि कवि शैलेन्द्र साकारले उहा प्रति समर्पित कविता प्रस्तुत गर्नु भयो । श्रेष्ठ नेपाली कवितामा क्रान्ति शब्दको प्रयोग गर्ने प्रथम क्रान्तिकारी कवि थिए । नेपाली साहित्य जगतबाट क्रान्ति, परिवर्तन र समतामूलक समाजको परिकल्पना गर्ने उनले देशको माटो, नागरिकले लिएको बाटो र राजनीतिमा फैलिएको विकृतिको पाटोलाई केन्द्रमा राखेर आजभन्दा ५० औं वर्षअघि कलम चलाएका थिए । उनी नेपाली समाजमा विकृतिको रूपमा रहेको जातीय विभेद वा छुवाछुत प्रथाका घोर विरोधी थिए ।
चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा जति ठूलो योगदान दिए त्यसको अहिले पनि साहित्यानुरागीहरुले प्रशंसा गर्दछन्
साहित्य क्षेत्रबाट सिद्धिचरणको स्मरणमा प्रकाशित सबैजसो लेख, रचनामा उहाँले कल्पना गरेको क्रान्ति, परिवर्तन, जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृति लगायत सबैखाले विभेदरहित समतामूलक समाजको स्थापना र प्रत्येक नागरिकमा परिवर्तनको अनुभूति तथा स्वाधीनतापूर्ण नेपाली जीवनको पहिचानलाई सम्झना गरेको पाइन्छ ।
श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको मेरो पियारो ओखलढुङ्गा कविता निकै चर्चित छ । त्यसबाहेक उहाँका नेपाली भाषा र नेपाल भाषाका गरी दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । सिद्धिचरणले कविताका विविध रूपअन्तर्गत लघुतम रूप (मुक्तकीय रचना), लघु रूप (फुटकर कविता) र मध्यम रूप (खण्डकाव्य) गरी तीन ओटा रूपमा विशिष्ट कलम चलाएको पाइन्छ । उनका कवित्वको चरम प्राप्ति फुटकर रचनामा पाइन्छ भने आख्यान र कवित्वको सन्तुलित मिश्रण खण्डकाव्यमा पाइन्छ ।
उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु पनि उत्तिकै चर्चामा छन् । उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् । विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेवापत तत्कालीन सरकारले उहाँलाई १८ वर्षको जेल सजाय तोकेको थियो । श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौँ को धर्मपथ स्थित आफ्नै निवासमा निधन भएको थियो ।