आज :

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिवद्धता

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शनिबार उनले काठमाडौंका १९ वटा वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा श्रेष्ठले नागरिकमा देखिएको आशा र सद्भावले आफूलाई उत्साहित बनाएको बताए । ‘घरदैलोमा हिडिरहँदा नागरिकमा एक प्रकारको आशा र सद्भाव देखिएको छ । देशमा सुसंस्कृत राजनीति स्थापित हुनैपर्छ । कुशासनका कारण जनतामा निराशा र आक्रोश बढेको छ, यसलाई हामीले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय मुद्दा र उद्देश्यबारे सार्थक बहस आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन स्थापना गर्न सबैको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् । रास्वपासहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal