आज :

नेटोको ‘काउन्टर’ मा रुसको नेतृत्वमा सिएसटिओ विस्तार हुँदै, चीन-उत्तर कोरिया पनि सहभागी !

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको नेतृत्वमा बनेको एटलान्टिक सन्धी संगठन (नेटो)ले आफूहरुलाई विस्तार गर्दै फिनल्याण्डसम्म पुगेको छ । तत्कालिन रुसी नेतृत्वसँग नेटोको विस्तार नगर्ने सहमति गरेको अमेरिकाले नेटोमा विस्तारलाई जारी राखेको छ । अहिले नेटोमा ३१ वटा देश सहभागी भइसकेका छन् ।

अमेरिकाले नेटोको विस्तार गर्दै युक्रेनमा सहभागी बढाएपछि रुसले पनि सामुहिक सुरक्षा सन्धी संगठन (सिएसटिओ) लाई सक्रिय बनाउन लागेको हो । सन् १९९४ मा गठन भएको यो संगठनमा चीन, उत्तर कोरिया, इरानजस्ता परमाणु सम्पन्न देश सहभागि हुने लागेको बताइएको छ ।

सिएसटिओ विस्तारकै एजेण्डामा रुसले विदेशस्तरिय बैठक गरेको छ । उक्त बैठकमा चीन, इरान बेलारुसलगायतका देशहरु पनि सहभागी थिए । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोवले नेटोको दादागिरीलाई रोक्न सिएसटिओको आवश्यकता बढेर गएको बताएका थिए ।

सिएसटिओमा सुरुमा रुस, अर्मेनिया, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान उल्बेकिस्तान देश सहभागी थिए । पछि उल्बेकिस्तान पछि हटेको थियो । यो संगठनमा सुरुमा पूर्व सोभियत देशहरुमात्रै भएपनि अब विस्तार हुन लागेको बताइएको छ ।

रुसी संचारमाध्यमहरुका अनुसार सिएसटिओमा चीन, इरान, उत्तर कोरिया, बेलारुस, सिरिया सहभागी हुन सहमत भइसकेका छन् भने यूएईलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ ।

शान्ति र स्थिरताको नारा दिएको यस संगठनले पनि नेटोको जस्तै सदस्य देशमाथि सैन्य हमला भए आफ्नो देशमाथि हमलाको मान्ने नीति बनाएको छ । नेटोको बुँदा नम्बर ४ मा उक्त व्यवस्था गरेको छ भने सिएसटिओले बुँदा नम्बर ५ मा ।

यसरी शक्ति सम्पन्न देशहरु दुई भागमा बाँडिन थालेपछि तेस्रो विश्वयुद्ध नजिकिँदै गरेको रक्षा विज्ञहरु अनुमान गरेका छन् । यसले कि विश्वयुद्ध गराउने कि अमेरिकालाई नेटो विस्तारलाई रोक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal