आज :

रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, ८ महिनामा झण्डै ८ खर्ब भित्रियो, ‘जोखिम आउँदैन’

  • अनलाइन डबली

काठमाडौँ । नेपालमा हुण्डी कारोबार विस्तारै निरुत्साहित हुँदै गएको देखिएको छ । हुण्डी कारोबारी घटेपछि रेमिट्यान्स आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १.३ प्रतिशतले घटेको थियो । योसँगै अमेरिकी डलर सञ्चिती पनि बढेको छ । यो अवधिमा १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले बढेर १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २४० प्रतिशतले खुम्चिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताए । उनले बैंकहरूको अवस्था सुरक्षित
रहेको बताउँदै सानोतिनो धक्काले जाखिम आउने अवस्था नभएको समेत बताए । तथ्यांकहरू पनि बलिया भएको बताउँदै बैकिङ क्षेत्रको स्वास्थ्य हुँदै गएको दाबी गरे ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थममा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत अधिकारी जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal