आज :

अमेरिकी रक्षा मन्त्रालयको गोप्य दस्तावेजः युक्रेन युद्धमा रुसका १७ हजार र युक्रेनका ७१ हजार सैनिकको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तयार पारेको गोप्य सैन्य दस्तावेज सार्वजनिक भएको छ । गोप्या दस्तावेजमा युक्रेनमा रुसी सैन्य कारवााहीलाई महत्वको साथ समेटिएको छ ।

संचारमाध्यमहरुलाई रुसको ठूलो क्षति भनेर हल्ला चलाएपनि दस्तावेजले बास्तविक क्षतिलाई समेट्न खोजेको छ । दस्तावेजमा अहिलेसम्म युक्रेनका ६९ देखि ७१ हजार सैनिको मृत्यु भएको उल्लेख छ भने रुसको १६ देखि १७ हजार सैनिकले ज्यान गुमाएका छन् ।

त्यसैगरी रुसका ७ र युक्रेनका ६० फाइटर विमान युक्रेनमा ध्वस्त भएको । रुसका ८ हेलिकोप्टर र युक्रेनका ३२ युद्धमा ध्वस्त भएको गोप्य दस्तावेजमा उल्लेख छ । लडाइँमा पश्चिमा देशहरुले युक्रेनलाई दिएका स्ट्राटेजिक २१ ट्याक्टिकल ७५ सम मिसाइल रुसले ध्वस्त बनाइदिएको दस्तावेजमा उल्लेख छ ।

यो गोप्य दस्तावेजलाई समेत पश्चिमा संचारमाध्यमहरुले पुनः सम्पादन गरेर रुसको ठूलो संख्यमा क्षति भएको देखाएर सम्प्रेशण गरेका छन् ।
कुल १०० पृष्ठको दस्ताजका ५० पेज द न्युयोर्क टाइम्सले शुक्रवार र शनिवार सार्वजनिक गरेको छ ।

दस्तावेज कसरी लीक भयो भन्ने विषयमा पेन्टागनको अनुरोधमा जस्टिस डिपार्टमेन्टले अनुसन्धान थालेको छ । पेन्टागनमा रहेको कुनै चीन–रुस समर्थकले वा रुसीहरू आफैंले यी दस्तावेज लीक गराएको हुन सक्ने आशंका गरिएको छ ।

उक्त दस्तावेज अमेरिकी सेनाको सर्वोच्च निकाय जोइन्ट चीफ्स अफ स्टाफको कार्यालयबाट भएको बताइएको छ । मार्च १ को मिति राखिएको उक्त दस्तावेजमा ‘गोप्य’ भनी लेबल लगाइएको छ र विदेशी सरकारहरूलाई यो दस्तावेज दिन नहुने समेत भनिएको छ ।

दस्तावेजमा युक्रेनले पूर्वी भागमा रुसीहरूको नियन्त्रण रहेको क्षेत्रमा प्रत्याक्रमण कारवाही चलाउन खोजेको बारेमा पनि उल्लेख गरिएको छ । उक्त प्रत्याक्रमणले युद्धलाई निर्णायक मोडमा लिने चर्चा भइरहेको बेला दस्तावेजमा पनि यस मोर्चामा युक्रेन सफल भई रुसको पराजय हुने र चीनले रुसलाई घातक हतियार सहयोग गराउन सक्ने र युद्ध झन् भड्किने अनुमान गरिएको छ ।

त्यस्तै, उक्त मोर्चामा युक्रेन पराजित भएमा रुस अघि बढ्न र थप युद्ध गर्न नसक्ने अवस्थामा सिर्जना हुने बताइएको छ । त्यस्तो अवस्थाा सिर्जना भएमा युक्रेनले गुमाएका भूभाग सदाका लागि रुसलाई दिएर बार्ता प्रस्ताव गर्नुपर्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ ।

यसअघि सन् २०१० मा इराक र अफगानिस्तान युद्धका बारेमा गोप्य दस्तावेज विकिलिक्सले सार्वजनिक गरेका थिए । उनलाई दस्तावेज दिने चेल्सी म्यानिङलाई ३५ वर्षको कैद सजाय दिइएको थियो । पछि उनको सजाय घटाएर सात वर्षमा झारिएको थियो ।

यो घटनाले अमेरिकाको सुरक्षा प्रणाली कमजोर देखाएको छ भने उसका साँझेदार देशहरु पनि चिढिएका छन् । घटनाबारे जस्टिस डिपार्टमेन्टको अनुसन्धानले वास्तविक कुरा खोल्ने बताइँको छ ।

योसँगै अमेरिकाको गोप्य दस्तावेज सार्वजनिक गर्ने दोस्रो विकिलिक्स को हुन् भन्नेबारे पनि चर्चा सुरु भएको छ । पहिला कसले दस्तावेज हात पारेको भन्ने कुरा अनुसन्धानमै रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal