आज :

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा

  • अनलाइन डबली

काठमाडौं । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।

यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो ।

यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ ।

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘स्मूथ एज सिल्क’ सहितको सेवा प्रदान गरिरहेको हो ।

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ । सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव नयाँ एयरबस ए ३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ,  जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो ।

प्रिमियम इकनोमी प्लस वर्ग ः ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन् । लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ ।

प्रिमियम इकनोमी वर्ग ः ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ ।

इकोनोमी वर्ग ः कुल १८५ आरामदायी सीटहरु छन् । जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन् । जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal