आज :

चैत २८ देखि पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु 

  • दीपक जैसी

काठमाडौं । आगामी चैत २८ गतेदेखि काठमाडौंमा चार लाख राशीको पोस्टबहादुर बोगटी कप स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा चैत २८ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख २ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन चैत २८ गते दिउँसो २ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार राशि चार लाख रहेको छ । त्यस्तै द्वितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख र सान्त्वना हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै विधागत तर्फ छ विधामा दस/दस हजार र उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार रहेको बोगटी स्मृति प्रतिष्ठानका महासचिव निर्मल आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र नेपाल भलिबल संघको प्राविधिक  सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलतर्फ पहिलो शृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा धन्यवाद दिँदै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताले निरन्तरता पाउनुपर्ने पनि बताउनुभयो । उहाँले प्रतियोगिता लिक कम नक आउट प्रणालीबाट सञ्चालन गरिने जानकारी दिनुभयो ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष रुद्रप्रसाद ढुङ्गेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal