आज :

नेपाली लोक बाजा संग्रहालय ससर्त नेपाल सरकारलाई जिम्मा लिन आग्रह, संग्रहालय खालि गर्न महानगरको धम्कि

  • अनलाइन डबली

नेपाली लोक बाजा संग्रहालयद्धारा संग्रहित ६सय ५५ प्रकारको लोक वाजाको संरक्षण संबद्र्धनको जिम्मा
नेपाल सरकारले लिईदिनु पर्ने माग गरिएकोछ । बुद्धबार २२ गते काठमाडौ महानगरपालिकाको नगरप्रहरीको जठठा संग्रहालय एक्कासी प्रवेशगरी ठाउँ खालि गराउनुपर्ने भन्दै धम्कीदिएपछि संग्रहालय प्रमुख रामप्रसाद कँदेलले सो बिचार राख्नुभएको हो ।
२०५२ साल देखि नेपालभरबाट लोपोन्मुख बाजा संकलनको अभियान थाल्दा १३५० प्रकारका प्राचिन लोकबाजा मध्ये ६५५ बाजा संकलन गर्न हामी सफल भयौं । संकलित लोकबाजालाई दस्ताबेजको रुपमा संस्थागतगर्दै लान २०५४ सालमा सामाजिक संस्था ऐन अन्र्तगत नेपाल सरकारमा संग्रहालय दर्ता पनि गर्यौं ।
भद्रकालीबाट थालिएको संग्रहालयलाई २०६४ सालमा त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा सारेको संग्रहालयमाथि पटक पटक भाँजो हाल्ने काम हुनुबाट हामी प्रताडित हुनुपरिरहेकोले संग्रहालयको जिम्मा सरकारले लिनुपर्ने माग गरिएका हौं तर राज्यले बाजा संरक्षणार्थ निम्न लिखित बुँदाहरुमा कार्यान्वयन गर्नुपर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ, संकलित लोक बाजाहरु मध्ये काठमाडौं उपत्यका भित्रका नेवार समुदायको सबैभन्दा बढी एक सय ३० प्रकारको लोकबाजा संकलितरहेकोले उपत्यकाभित्रै संग्रहालयको लागि जग्गा व्यवस्थापन गर्नुपर्ने ,प्रत्येक नेपालीको घर घरमा कम्तीमा आफ्नो जातीयपहिचान बोकेको एउटा लोक बाजा सजाउने कार्यमा योगदान पुर्याउन सहयोग गनुपर्ने ।
बाजाका कलाकार, वाद्यवादक र निर्माणकर्ता विच समन्वय अध्ययन अनुसन्धानको कार्यमा सहयोग गर्न सरकार आफैंले अभियन्तालाईसाथ सहयोग हुनुपर्ने , संगीत सुख दुःखको साथी भएकोले संग्रहालयमा म्यूजिकल हिलिङ सेन्टरको व्यवस्था गर्न र बाजा बनाउन आवश्यक धातु, छाला, काठ, माटो, सिङ, हाड आदिको संकलन, अनुसन्धान गर्ने कार्यमा सहयोग गर्न माग गरिएको छ ।
संग्रहालयका प्रमुख कँडेलको हस्ताक्षरमा प्रकाशित प्रस विज्ञप्तीमा भनिएको छ ,नेपाल सरकारमा २३७।०५४।०५५ दर्ता सहित स्थापित नेपाली लोक बाजा संग्रहालय नेपालको राष्ट्रिय संग्रहालय हो ।यो संग्रहालयको संरक्षणको जिम्मा सरकारले लिनु पर्दछ ।
किनकी नेपाल सरकारले गर्नुपर्ने लोपोन्मुख लोक बाजाको संरक्षणको कार्यमा संग्रहालयले उल्टै २०६४ साल देखि गुठी संस्थानलाई भाडा बुझाएर योगदान पुर्याउदै आईरहेका छौं ।
पाँच÷पाँच वर्षको लागि संम्झौता नविकरण गरी त्रिपुरेश्वर महादेव मन्दिरको उत्तर तर्फकोसत्तलमा भाडा वसेको संग्रहालयसंगको सम्झौता अवधि नसकिर्दै काठमाडौं विश्वविद्यालयलाई विना सूचना करारमा दिए पछि त्यो अवैद्यसम्झौताको विरुद्ध अदालतमा मुद्दा चलिरहेकोले निकास नभए सम्म नेपाली लोक बाजा संग्रहालयलाई स्थानान्तर गर्न नपाईनु पर्ने थियो तर गुथी संस्थान ,काठमाडौं महानगरपालिका संस्कृति मन्त्रालय लगायतका सम्वन्धित निकायलाई जतिसुकै अनुनय बिनय गरिदापनि उल्टै हाम्रो अभियानमाथि असहयोग मात्र भैरहेकोले नेपाली लोकबाजा संग्रहालयले संरक्षणको जिम्मा सम्वन्धितलाई नै दिने निक्र्यौलमा पुगेका छौं विज्ञप्तीमा भनिएको छ ।
संकलन गर्दै जादा २८ वर्ष भित्र ६५५ प्रकारका बाजाहरु भद्रकाली स्थित नेपाल संम्पदा संघको बुँईगलबाट थालिएको नेपाली लोक बाजा संग्रहालयमा बाजा दिने दाताहरु पनि जोडिन आईपुग्नु भएको थियो । जस्मा पूज्यपाद स्वामी अखण्डानन्द सरस्वती, गुरुआमा कमला अधिकारी, भक्त तामाङ, भद्र थापा, स्वस्तिक कुमार अधिकारी, पिटर इभानोब, ददि सापकोटा, धर्मरत्न शाक्य “त्रिशूली”, पं दिनानाथ खनाल, पं लक्ष्मी चन्द्र पंगेनी, नन्दा शर्मा लगायतबाट ५८ वटा बाजाहरु दान गर्नु भएको थियो । विज्ञपतीको अन्त्यमा भनिएको छ,काठमाडौं विश्वविद्यालयको संगीत विभाग र नेपाली लोक बाजा संग्रहालयको उदेश्य उस्तै भएकोले संग्रहालयलाई पनि त्रिपुरेश्वर महादेवस्थानमानै ठाउँ उपलब्ध गराईयोस्, अन्यथा नेपाल सरकार बाटै संग्रहित लोक बाजाहरुको संरक्षणका लागि वैकल्पिक ठाउँको व्यवस्थागरियोस् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal