आज :

हुम्लाबाट राष्ट्रिय दलित आयोसम्म पुगेका पार्कीले दलित मुक्तिको लागि के के गरे ? भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । कर्णालीको हुम्लाबाट शिक्षण पेशा छोडेर दलितको मुक्ति आन्दोलनको अगुवाई गर्दै आइरहेका छन्, मेहले पार्की । दलित मुक्तिको लागि संघर्ष गरेकै कारण पार्की राष्ट्रिय दलित आयोगको सदस्य पुगे । हाल दोस्रो कार्यकालको जिम्मेवारी पूरा गरिरहेका छन् पार्कीले आयोगमा रहेर दलित अधिकारको सवालमा सक्रियतापूर्वक काम गरिरहेका छन् ।

१९ वर्षसम्मको शिक्षण पेशा छोडेर दलित आन्दोलनमा पूर्णकालिन भएर लागेका पार्कीले पहिलो एक वर्षको अवधीमा थर सुचिकरण मापदण्ड निर्देशिका २०७८, बैठक सञ्चालन कार्यविधि २०७८, उजुरी व्यवस्थापन निर्देशिका २०७८, आन्तरिक व्यवस्थापन निर्देशिका २०७८, आचारसंहिता २०७८, अनुगमन तथा भ्रमण व्यव्स्थापन निर्देशिका २०७८, नियमावली २०७८ को मस्यौदा लेखन तथा अन्तिम रुप दिने काममा निकै सक्रिय भूमिका लेखेको बताउँछन् ।

त्यस्तै, आयोगको विज्ञहरुको रोष्टर तयार गर्न संयोजन गर्ने र दलित समुदायको थर सूचि, नागरिकतामा थर सच्याउनेलगायत आयोगसँग सम्बन्धित कानूनी प्रक्रियामा सक्रिय रहे पार्की ।

भूमिहिन दलित परिवारलाई उपयोगिताको आधारमा जीवन निर्वाह गर्न सक्ने जमीन उपलब्ध गराउने, पाठ्यत्रममा जातीयता झल्काउने विषय सामाग्रीहरुलाई कोर्षबाट हटाउने, अदालतभित्र दलितका मुद्दा हेर्ने छृट्टै डेक्स र प्रहरी कार्यालयमा सामाजिक सहायता कक्ष निर्माण गर्ने विषयलाई सरकारले आप्mनो नीति तथा कार्यक्रममै समावेश गराउनु पर्छ भन्ने सुझावसहित प्रतिवेदनले सरकार र सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने काम एक वर्षको अवधिमा सम्पन्न भएको छ उनले बताए ।

भिडियोमा सुनौं उनले थप के के काम गरे ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal