
काठमाडौँ महानगर पालिका भित्र पर्ने विश्व सम्पदामा सुचिकृत सम्पदा क्षेत्र हनुमान ढोका क्षेत्रमा नयाँ भवन निर्माण गर्दा ३५ फिटभन्दा अग्लो बनाउन नपाइने,भूइँतलादेखि दोस्रो तलाको उचाई सात फिट सात इन्च बनाउनुपर्ने तथा मौलिक परम्परागत , सम्पदालाइ असर नहुने गरि निर्माण गर्नु पर्ने नियम छ। तर यसरी नयाँ घर निर्माण गर्ने घर धनीलाई महानगरपालिकाले नक्सा पास स्विकृत गर्न ५० प्रतिशत छुटको ब्यबस्था गरेको छ। तर मौलिक परम्परागत बास्तु कला युक्त झ्याल ढोका सहितको घर निर्माण गर्न कुल लागत बढ्ने नै भयो। घर निर्माण गर्दा मापदण्ड अनुसार होचो बानाइनु पर्ने हुदा आफ्नै प्रायोग वा ब्यबसायिक प्रयोजनमा भाडामा दिदा घर धनिलाइ निकै मारमा परेको गुनासो बढ्ने गरेको छ।
काठमाडौँ महानगरपालिका २३ वडाका अध्क्ष्य मचाराजा महर्जनले यस्ता घरधनीलाई सरकारले क्षतिपूर्ति दिनु पर्ने बताउनु हुन्छ। वडा कार्यालयले बिहिबार सार्वजनिक सुनुवाई कार्येक्रममा सम्पदा क्षेत्रमा घर निर्माण गर्दा मौलिक परम्परागत शैलिमा मिर्माण हुदा पर्येतकको आवागमनबात राज्यलाई आम्दानि हुने तर घरधनीलाइ भने सो अनुपातमा लाभ नहुने भएकोले यो क्षेत्रका घरधनीलाइ सरकार ,महानगर पालिकाले छुट लगाएत र क्षतिपुर्ति दिनु पर्ने बिषयमा बैठकमा धारणा राख्ने बताउनु भयो।
काठमाडौँ लाइ चिनाउने हनुमान ढोका दरवार क्षेत्र हाल आन्तरिक तथा वाहिय् पर्येतकको बाक्लो चहल पहल रहदै आएको छ । पर्याप्त मात्रामा खोलिएका होटल रेस्टुराँ , लजहरुले यो क्षेत्र ब्यापरिक बन्दै गएको छ ।
यसै गरि वडा भित्र रहेका विभिन्न आठ जातीय त्वा (टोल ) गुठिहरु निरन्तर मौलिक परम्परा चलाउदै आएका छन्। यस्ता गुथिहरुलाई सस्कृति चलाएबापत महानगरले समानुपातिक ३५ हजारका दरले प्रदान गरिने बताउनु भयो। समाजमा उल्लेखीय भूमिका निर्वाह्गरेका सामाजिक संघ सस्थालाई बार्षिक २० हजार दिइने उहाले बताउनु भयो। यो संगै वडा भित्र खेलकुद , शिक्षा , स्वास्थ्य लागएत विषय संगै विपद ब्यबस्थापनका लागि पूर्वाधार निर्माण गरि समूदायलाइ ब्यबस्थापनको जिम्मा दिइने उहाले बताउनु भयो।
नागरिक सुनुवाई कार्येक्रममा सहभागी विभिन्न टोल समुदायका सामाजिक सस्थाका प्रतिनिधि र स्थानीय जनप्रतिनिधि बीच विभिन्न बिषयमा छलफल भएको थियो ।