आज :

माओवादी केन्द्र अछामको बैठक सम्पन्न, दुई महिने अभियान संचालन गर्ने

  • अनलाइन डबली

धनगढी । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अछामको बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मंगलसेनमा बसेको बैठकले दुई महिने ‘संगठन सुदृद्ध तथा विस्तार अभियान’ संचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला सेक्रेटरी रविन्द्र साउदले पालिका हुँदै टोलटोलसम्म पुग्ने बताए । अभियानको क्रममा पालिका कमिटीका बैठक, जनवर्गिय संगठनका भेला तथा बैठक र टोल कमिटी गठन गरिने साउदले बताए । उनका अनुसार टोलटोलसम्म पार्टी पुग्नेछ ।

“अभियानको क्रममा संघ र स्थानीय पार्टी नेतृत्वको सरकारले गेटा मेडिकल कलेजलाई स्वस्थ्य विश्वविद्यालय बनाउने निर्णयलगायत सरकारले गरेका जनमूखी कामलाई जनम समक्ष पुर्याउने छौं । संगठन गठन, पुनर्गठन, पालिका कमिटीका बैठक तथा जनवर्गिय संगठनका भेला तथा बैठक पनि अभियानको क्रममा सम्पन्न गर्नेछौं” सेक्रेटरी साउदले बताए ।

त्यसैगरी बैठकले स्वावियु चुनाव केन्द्र पार्टी निकट अखिल क्रान्तिकारीको अभियानलाई पार्टीले सहयोग पुग्नेगरी कार्यविभाजन पनि गरेको छ ।

दुई महिना अभियानपछि बैशाख १४ गते पुनः बैठक बसेर तल्लो तहको रिर्पोटका आधारमा थप निर्णय गर्ने सेक्रेटरी साउदले जानकारी दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यसहित जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
केन्द्रीय तथा जिल्ला इन्चार्ज झपट साउद केन्द्रीय सदस्यहरु झंकर साउद, डम्बर रावल, प्रदेश उपाध्यक्ष तथा प्रदेश संसदीय दलका उपनेता अक्कल रावलको उपस्थिति रहेको थियो ।

बैठकमा जिल्ला इन्चार्ज तथा प्रदेश सांसद झपट र उपाध्यक्ष सांसद रावलले बैठकमा जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी आफूहरु लागेको र जनताका कामलाई संकलन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal