आज :

नेपाल भाषालाइ गुगल ट्रांस्लेटमा समावेस गर्न विभिन्न पक्षसंग छलफल

  • बुद्धशरण शाही

काठमाडौँ  । नेपाल भाषालाइ गुगल ट्रांस्लेटमा समावेस गर्ने बिषयमा विभिन्न पक्षसंग छलफल भएको छ । नेवा : समुदायको छाता संगठन नेवा: दे दबु काठमाडौँ जिल्ला समितिको आयोजनामा शुक्रबार भएको छलफल कार्येक्रममा नेपाल भाषालाइ नेपाली तथा अंग्रेजी भाषामा परिवर्तन  ( ट्रांस्लेट ) गर्न सक्ने बारे छलफल भएको हो ।

निरन्तर लामो समयबात भाषा सेवामा लाग्नु भएका पौभा सायमीलेर ससारका विभिन्न देशमा रहेका नेवा: समुदायका नयाँ पुस्ताले आफ्नो मात्रुभाषालाइ चिन्न र सजिलै अनुवाद गर्न सक्ने गरि गूगल अनुवाद जरुरि रहेको बताउनु भयो । गुगल अनुवादबात हाल विस्वमा रहेका धेरै  भाषालाइ सजिलै आफ्नो भाषामा बुझ्न सकिने सहजता बनाएको छ ।

वल्ड नेवा: अर्गनाइजेस नेपा: च्याप्टरका अध्क्ष्य सुरेन्द्र भक्त श्रेष्ठको समन्वयमा भएको उक्त छलफल तथा गोष्टिमा नेपाल भाषालाइ गुगल अनुवादका संयोजक दिपेश मान शाक्यले नेपाल भाषालाइ गुगलमा समावेस गर्नका लागि भाषा क्षेत्रमा निरन्तर लागिरहेका सबैले संख्यात्मक जति धेरैले   प्रमाणीकरणमा सहयोग गर्छ त्यतिनै छिटो गुगलले नेपाल भाषा सिक्ने र प्रभाकारी उपलव्धि हुने बताउनु भयो ।

नेपाल भाषालाइ गुगलमा अनुवाद  ( ट्रांस्लेट )मा समावेस गर्न गत दुइ बर्ष देखि भाषा क्षेत्रमा जानकारहरुले प्रमाणीकरण गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal